बनमन्त्रीद्वारा बर्दिया राष्ट्रिय निकुञ्जमा रिसर्च सेन्टर उद्घाटन
- शनिबार कार्तिक ६ , २०७८
चुरेकुञ्ज, गुलरिया । बन तथा बातावरण मन्त्री रामसहाय प्रसाद यादवले बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षितक्षेत्र ब्यवस्थापन अनुसन्धान तथा प्रशिक्षण केन्द्र उद्घाटन गरेका छन् । शनिवार एक औपचारिक कार्यक्रमका विच रिसर्च सेन्टरको उद्घाटन गरेका हुन् ।
तत्कालिन द्वन्दका बेला क्षतीग्रस्त लालमाटी क्याम्पको भौतिक पूर्वाधारहरु पुर्ननिर्माण गरी रिसर्च सेन्टरका रुपमा संचालन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए । भवनका कोठा, रेलिँग, फर्सहरु, विजुली वायरिँग लगायत झ्याल ढोका मर्मत गरिएको छ ।
फर्निचर लगायत विद्युतीय प्रशारणको ब्यवस्था गर्न बाँकी छ । छिट्टै त्यसको ब्यवस्थापन गर्ने उनले जानकारी दिए । निकुञ्जमा मन्त्रीसँगै बन तथा बातावरण मन्त्रालयका सचिव डाक्टर पेम नारायण कंणेल, राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका महानिर्देशक डा. रामचन्द्र कंणेल समेतले बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन् केन्द्रमा रहेका गोही बबई नदीमा छाडेका छन् ।