fbpx

एचआईभी परिक्षणगर्दै कण्डम दिवस मनाईयो

एचआईभी परिक्षणगर्दै कण्डम दिवस मनाईयो

चुरेकुञ्ज, गुलरिया । बर्दियामा कण्डम दिवसको अवसर पारेर शनिवार गुलरियामा एचआईभी परिक्षण गरिएको छ । सीमाबाट भित्रीने नेपालीहरुलाई लक्षितगर्दै एड्स रोक्ने प्रतिवद्धता पूरागर्न स्वैच्छिक परामर्श सहितको एचआईभी परिक्षण गरिएको छ ।

गुलरिया नगरपालिकाको आयोजनामा गरिएको स्वैच्छिक परामर्श सहितको एचआईभी परिक्षणका लागि बर्दिया अस्पताल, सहयोगी हात नेपाल बर्दिया, सुन्दर संसार, चेञ्ज टीम, परिवार नियोजन संघ र नागार्जुन डेभलप्मेन्ट संघले समन्वय तथा सहकार्य गरेको सहयोगी हात नेपालकी प्रोग्राम अफिसर लोकमाया वि.कले बताईन् ।

दोहोरो सुरक्षाका लागि कण्डमको प्रयोग गरौं भन्ने मूल नारासहित मनाईएको २७ औं कण्डम दिवसका अवसरमा आयोजना गरिएको भीसीटी परिक्षणमा ६६ जनाले एचआईभीको रक्तपरिक्षण गराएका छन् । परिक्षण गरेका सबैको रिपोर्ट नेगेटिभ देखिएको अफिसर विकले जानकारी दिईन् । स्वास्थ्यकर्मीले गरेको परिक्षणमा आगन्तुकहरुले स्वैच्छिक रुपमा रक्तपरिक्षण गराएका थिए ।

रक्तपरिक्षण पश्चात कण्डम प्रयोगको बारेमा सचेतपार्दै कण्डम लगायत चिप्लो पदार्थहरु वितरण गरिएको छ । भारतबाट नेपाल भित्रिने नेपालीहरुलाई लक्षितगर्दै कण्डम दिवसको अवसरमा छोटी भन्सार कार्यालय गुलरिया पारी आयोजित कार्यक्रममा नेपाल प्रहरीले पनि सहभागीता जनाएका छन् ।

तपाइको मत