fbpx

दलित सेवा संघको शिक्षित स्वरोजगार अभियान

दलित सेवा संघको शिक्षित स्वरोजगार अभियान

चुरेकुञ्ज, गुलरिया । दलित सेवा संघ गुलरिया बर्दियाले जिल्लाका ४ वटा पालिकाहरुमा सीप बिकास लगायत शैक्षिक क्षेत्रमा सहयोग पुर्याएको छ । मेरिक्नोल फादर्स एण्ड ब्रदर्स युएसए देशिय कार्यालय काठमांडौको सहयोगमा बर्दियाको राजापुर, मधुवन, ठाकुरबाबा नगरपालिका र गेरुवा गाउँपालिकामा सहयोग गरेको हो ।

संघले जिल्ला स्तरिय अभिमुखीकरण गरी कार्यक्रमका बारेमा जानकारी गराएको छ । दलित सेवा संघ बर्दियाका कार्यक्रम संयोजक जयराम थारुले सहजीकरणगर्दै संस्थाले सीप बिकास तथा शैक्षिक क्षेत्रमा सहयोग दिदै आएको जानकारी दिए । अपांगता भएका महिला तथा पुरुष र विपन्न महिलाहरुको सीप विकास गरी आयआर्जन बृद्धिगर्दै आत्म निर्भर बनाउने संस्थाको मुख्य उद्देश्य छ ।

थारुले भने हामीले विपन्न परिवारका कक्षा ११ र १२ मा अध्ययनरत जेहेन्दार विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरी शिक्षामा सहयोग गरेका छौं । सन् २०१८ देखि संचालनमा रहेको कार्यक्रम अवधि २०२२ सम्म छ । जस अन्र्तगत हालसम्म ५० जना विपन्न महिला र ८० जना अपांगता भएकाहरु गरी १३० जनालाई सिलाई कटाई तालिम संस्थाले दिई सकेको छ । त्यस्तै ४ सय ३० जनालाई छात्रबृत्ति प्रदान गरेको संयोजक थारुले जानकारी दिए ।

तपाइको मत