बाढीग्रस्त क्षेत्रबाट प्रधानमन्त्री देउवाद्वारा राहतको प्रतिबद्धता
- शुक्रबार कार्तिक ५ , २०७८
बिष्णु अधिकारी, राजापुर । अबिरल बर्षापछि आएको बाढिले अन्नका लागि उर्वरभुमि मानिने बर्दियामा उत्पादन भएको धान भित्राउने बेलामा बर्षा सहितको बाढीले नष्ट गरेको छ । बर्दिया अन्न बाली उत्पादनको दुष्टिकोणले उन्नत जिल्ला मानिन्छ । बर्षा सँगै आएको बाढिले किसानको बाली, पशु चौपाया लगाएत बहुआयामिक क्षेत्रमा पारेको प्रभावको स्थलगत निरिक्षण गर्न प्रधानमन्त्री सहितको उच्च स्तरिय टोली बर्दियाको राजापुरमा आएको हो ।
स्थलगत निरीक्षण पछि प्रधानमन्त्री शेर बहादुर देउवाले नागरिकको पिडामा मलम लगाउने काममा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरे । प्रधानमन्त्री देउवाले बर्षा सँगै आएको बाढिले विस्थापित एवं विचल्लीमा परेका नागरिकलाई मन्त्री परिषदको बैठक बसि उचित राहतको प्याकेज ल्याउने वचन दिएका छन् । यस क्षेत्रको हजारौं हेक्टर क्षेत्रफल जमिनमा उत्पादन भएको धानबाली नष्ट भएको हुँदा पिडामा रहेका जनताको घाउमा मलम लगाउने कार्यक्रम ल्याउने बताए ।
अर्थमन्त्री जनार्दन शर्माले बर्षापछि आएको बाढिले देशैभर मानवीय क्षती, भौतिक क्षति, पशु चौपाया क्षती अन्न बालीको क्षती तथा बहुआयामिक क्षेत्रमा क्षति भएको कार्यक्रम पछि समसामायिक विषयमा संचारकर्मिलाई प्रतिक्रिया दिएका छन् । अर्थमन्त्री शर्माले अहिलेको परिस्थितीलाई कसरी पुर्ववत रुपमा फर्काउन सकिन्छ भन्ने विषयमा प्रधानमन्त्री सहितको टोली स्थलगत अनुगमनमा आएको जानकारी दिए ।
अबिरल बर्षापछि आएको बाढिले गेरुवा गाउँपालिकाको वडा नं. १, २, र राजापुरको १, ३, ४, ७, ९ र १० नं. वडामा बाढी पसि काटेको धान पुर्ण रुपमा क्षति भएको छ । प्रधानमन्त्री शेर बहादुर देउवा सहितको टोलीले राजापुर नगरपालिका तथा गेरुवा गाउँपालिकामा कर्णाली नदीले पु¥याएको क्षतीको हेलिकप्टरद्धारा निरिक्षण गरेका छन् ।