fbpx

प्रेस सेन्टर बर्दियाको अध्यक्षमा भिमउँचै ठकुरी सर्बसम्मत

प्रेस सेन्टर बर्दियाको अध्यक्षमा भिमउँचै ठकुरी सर्बसम्मत


चुरेकुञ्ज, गुलरिया । प्रेस संगठन बर्दियाको छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । गुलरियामा भएको अधिवेशनबाट सर्व सम्मत रुपमा भिम उचै ठकुरी अध्यक्षमा पुनः चयन हुनु भएको छ ।

त्यस्तै उपाध्यक्षमा मिन अधिकारी, महिला उपाध्यक्ष माया चौधरी, सचिव टिकाराम चौधरी, कोषाध्यक्ष राजु नगाल क्षेत्री, सह–सचिब खुला तर्फ विनोद चन्द, सह–सचिव समावेशी तर्फ हुम कुमार चौधरी लगायत २१ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत रूपमा चयन भएको अध्यक्ष ठकुरीले जानकारी दिनु भयो । लुम्बिनी प्रदेशको मुख्यमन्त्रिका प्रेस सल्लाहकार तथा प्रेस सेन्टर लुम्विनी प्रदेसका संयोजक मानसिंह विश्वकर्माको प्रमुख आतिथ्यतामा उद्घाटन शत्र गरिएको हो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य मेघराज सिग्देल, प्रदेश सदस्य शितल थापा, प्रभुराम चौधरीको उपस्थितमा अधिवेशन सम्पन्न भएको हो । कार्यक्रममा बारबर्दिया नगरपालिकाका मेयर दुर्गाबहादुर थारु, उपमेयर अन्जु दहित, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष भवनकुमार थारु, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका कोषाध्यक्ष यमनाथ घिमिरे, बर्दिया शाखाका अध्यक्ष यादव प्रसाद आचार्य लगायतको उपस्थिती थियो ।

तपाइको मत