दलित माथीको विभेद अन्त्यगर्न गैरदलितको सहयोग अपरिहार्य
- शुक्रबार कार्तिक ५ , २०७८
मुरली गोडिया, गुलरिया । जिल्लामा दलित महिला माथी हुने गरेको विभेद तथा विषयमा बृहत छलफल गरिएको छ । समाजमा अझै पनि छुवाछुत तथा भेदभावको पराम्परा कायमै रहेकोले न्युनिकरणका लागी न्यायिक समितीसंग सम्बाद कार्यक्रम गरिएको छ ।
समग्र बिकासको अवरोध, जातीय तथा लैङ्गकि विभेद मुल नाराका साथ बर्दियामा विगत १४ वर्ष देखी काम गर्दै आइरहको दलित महिला संघ गुलरियाले न्यायिक समितीसंगको संवाद कार्यक्रम गरेको हो । कार्यक्रममा बोल्दै गुलरिया नगरपालिका न्यायिक शाखाका कपिल घिमिरेले गुलरिया नगरपालिकाका वडा नम्बर ६ का केही महिला घोर अन्यायको सिकार बनेको बताउनु भयो । भेदभावको परम्परा हरेक जातभित्र भएपनि मुस्लिम समुदाय भित्र रहेको ३ तलाकले मुस्लिम महिला माथी अन्याय गरेको बताए ।
गुलरिया नगरपालिकामा रहेको न्यायिक समितीमा अधिकांश महिला तथा घरेलु हिंसाका उजुरी आएको बताउनु भयो । आर्थिक वर्ष २०७८÷०७९ मा ४ वटा उजुरी परेको उहाँको भनाई छ । कार्यक्रममा बोल्दै न्यायिक समितीकी सदस्य तथा जनप्रतिनिधी उर्मिला तम्राकारले तराइ भेगमा भन्दा पहाडी भेगमा बढी मात्रामा भेदभाव तथा छुवाछुतको परम्परा रहेको अनुभव सुनाउनु भयो ।
कार्यक्रममा बोल्दै नेपाल बारएसोसियनको उपाध्यक्ष खडानन्द तिवारीले दलित महिला मात्र नभई गैर दलित समेत समस्यामा परेको बताउनु भयो । धार्मिक अगुवाहरु संग बृहत रुपमा छलफल गर्न अवश्यक रहेको बताउनु भयो । दलित महिला तथा दलित संग सम्बन्धित संघ संस्थाहरुले मात्र विभेद विरुद्ध लाग्नुपर्ने बाध्यता रहेकाले गैरदलितहरुले पनि जातीय विभेदका विरुद्धमा ऐक्यवद्धता गर्न आयोजक संस्था दलित महिला संघ बर्दियाकी प्रमुख हिमा सुनारले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो दलित समुदाय माथी हुने गरेको विभेद अन्त्यगर्न गैरदलित समुदायको सहयोग अपरिहार्य छ ।