fbpx

खेतमा काटेर राखेको धान बगेपछिको पिडा (भिडियो)

खेतमा काटेर राखेको धान बगेपछिको पिडा (भिडियो)

चुरेकुञ्ज, बर्दिया । घरमा बाढीपसेपछि खेत हेर्न पुगेकी राजापुर नगरपालिका वार्ड नम्वर ३ की एक महिला आफ्नो खेतको अवस्था देखेर मन थाम्न सकिनन् । उनी भक्कानो छाडेर रोईन् । खेतमा कर्णाली बगेको र काटेर राखेको धान नदीले बगाएको देखेपछि उनले पिडा सहन सकिनन् ।

कर्णाली नदीको बाढीले खेतबारीमा काटेर राखेको थन्क्याउने बेलाको धान एकाएक बगाएर नोक्सानी पुगेका राजापुर तथा गेरुवा क्षेत्रका सबै किसानहरुको मन यतिखेर धरधरी रोएको छ । सरकारले क्षतीपूर्ति दिनुपर्ने किसानहरुको माग छ ।

राजापुर नगरपालिकाको १५ सय हेक्टर तथा गेरुवा गाउँपालिकाको १२ सय हेक्टर क्षेत्रफलमा काटिएको धानवाली कर्णाली नदीको बाढीले बगाएको एकिकृत कृषि तथा पशुपंक्षी कार्यालय बर्दियाका प्रमुख विनोद घिमिरेले बताए । हामीले प्रारम्भिक अनुमान गरेका हौं । दुवैपालिकाको कृषि शाखाबाट आएको तथ्यांक अध्ययन पश्चात वास्तविक डाटा आउँछ । उनले भने राजापुरमा अनुमानित ६ हजार मेट्रिक टन तथा गेरुवामा ४ हजार ८ सय मेट्रिक टन गरी करिव १० हजार ८ सय मेट्रिक टन धान बाढीले बगाएको हाम्रो अनुमान छ ।

तपाइको मत