fbpx

कर्णाली नदीका बाढी पिडितलाई राहत बाँड्दै अक्सिजन बैंक

कर्णाली नदीका बाढी पिडितलाई राहत बाँड्दै अक्सिजन बैंक

चुरेकुञ्ज, गुलरिया । विश्वमहामारी कोभिड–१९ को तेस्रो लहरमा अक्सिजन अभाव भएका बेला अक्सिजन ग्याँस उपलब्ध गराएको बर्दिया अक्सिजन बैंकले कर्णाली नदीको बाढीबाट पिडित बनेका बर्दिया राजापुर तथा गेरुवाका पिडित स्थानियलाई राहत वितरण गरेको छ । बैंकले बाढीबाट जोखिममा रही सुरक्षित स्थानमा बसेका प्रभावितहरुलाई तैयारी खानेकुरा, पानी, त्रिपाल लगायतका राहत उपलब्ध गराएको हो ।

बर्दिया अक्सिजन बैंक, स्थानियतह, समुहहरुले दुवै पालिकाका बाढी प्रभावित स्थानियहरुलाई तत्काल आपतकालिन खाद्यान्न वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए । बाढीको जोखिममा परेका नागरिकहरुलाई विभिन्न संघ संस्था लगायत स्थानियले खानेकुराहरु उपलब्ध गराएका छन् ।

मंगलबार बाढी प्रभावित क्षेत्रमा पुगेर बर्दिया अक्सिजन बैंकले जिल्ला विपद ब्यवस्थापन समिति मार्फत राजापुर नगरपालिकालाई आपतकालिन खाद्यान्न उपलब्ध गराएको बैंकका अध्यक्ष भेषराज पौडेल (भरत) ले बताए । देश विदेशमा रहेका नेपालीहरुको सहयोगमा कोभिडमा अक्सिजन अभावका बेला अक्सिजन ग्यास उपलब्ध गराएका थियौ । सबैको सुझावले बैंकलाई सामाजिक संस्थाको रुपमा दर्ता गरी सबैखाले विपदमा सहयोग गर्ने निति अनुरुप बाढी पिडितलाई राहत उपलब्ध गराएका हौं ।

उनले भने पहिलो चरणमा कर्णाली नदीबाट प्रभावित बर्दियाका बाढीपिडितलाई तत्काल आवस्यक पर्ने तयारी खानेकुरा फास्ट फूड, पानी लगायत त्रिपाल उपलब्ध गराएका छौं । आवस्यकता अनुसार फेरी पनि सहयोगका लागि हामी तयार छौं । उनले थपे दीर्घरोगीहरुलाई हामीले अहिले पनि अक्सिजन सिलिण्डर उपलब्ध गराउँदै आएका छौ ।

तपाइको मत