लुम्विनी प्रदेसका आन्तरिक मामिला मन्त्रीशर्मा गृह जिल्लामा
- बुधबार असोज २७ , २०७८
मुरली गोडिया, गुलरिया । लुम्बिनी प्रदेशका आन्तरिक ममिला तथा सुचना संचार मन्त्री तिलकराम शर्मा (हिमाल) बर्दिया आउनु भएको छ । मन्त्री बनेपछि बडा दशैको अष्टमीका दिन पहिलो पटक गृह जिल्ला आउनु भएको हो ।
बर्दियाको सदरमुकाम गुलरिया स्थित सहिद पार्कहरुमा पुगी मन्त्री शर्माले शहिदका शालिकमा माल्यार्पण गर्नु भएको छ । बारबर्दिया, मधुवन हुँदै गुलरियाको सहिद स्मारक पार्कमा पुगेका मन्त्रीलाई पार्टीका नेता, कार्यकर्ता, संघसंस्थाका ब्यक्तीहरुले स्वागत गरेका छन् ।
कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिने क्रममा बर्दियाबासीको सपना पुरा गर्न आफु प्रतिवद्ध रहेका उहाँले बताउनु भयो । संघीय गणतन्त्र नेपाल निर्माणमा ज्यान गुमाएका शहिद, वेपत्ता परिवार, घाइते, अपाङ्ग लगायतको सपना पुरा गर्न प्रदेश देखी केन्द्र सम्म आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो । बडा दशैका अवसरमा मन्त्री शर्माले जिल्लाबासीहरुलाई शुभकामना ब्यक्त गर्नु भएको छ ।