बाघ आक्रमणमा परेका जनकको शव फेला पर्यो
- मंगलबार असोज २६ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दिया जिल्लाको गेरुवा गाउँपालिकामा सोमवार पाटे बाघले एक जनालाई आक्रमण गरेको छ । बाघको आक्रमणमा परेको उनको शव भेटिएको छ ।
गेरूवा गाउँपालिका वार्ड नम्बर ४ ढुकुनियामा जनक बहादुर थारुलाई आक्रमण गरेको भन्ने सूचना पाए लगत्तै बर्दिया राष्ट्रिय निकुञ्जको ओखरिया पोस्ट र बन्जरिया पोस्टका निकुञ्जका कर्मचारी, नेपाली सेनाको टोली सहित चारवटा हात्ती सहित खोजीगर्ने क्रममा शव भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ ।