कम्युनिष्ट सरकारले न रेल ल्याए न पानी जहाज : पूर्वमन्त्री गौतम
- शनिबार असोज २३ , २०७८
चुरेकुञ्ज, बर्दिया । नेपाली काँग्रेस बर्दिया सभापति, पूर्वमन्त्री एवम् संघीय सांसद संजयकुमार गौतमले केपी ओलीको बहुमतको कम्युनिष्ट सरकारले भाषणमा प्रतिवद्धता गरे अनुसारको रेल र पानी जहाज नल्याएको बताएका छन् । नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिकाको नगरसमितिले दशै, तिहार तथा छठका अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले कम्युनिष्ट सरकारले झुटको खेती गरेको आरोप लगाए ।
नेपाली काँग्रेसले नचाहेर पनि देशलाई अराजकताको बाटोबाट रोक्न सरकारको नेतृत्वमा जानु परेको उनको भनाई छ । देशले ३ बर्ष सम्म अधिनायकवादी सोचको सरकारको सामना गर्नु पर्यो । मुलुकको जटिल मोडहरुमा कांग्रेसले प्रजातान्त्रिक नेतृत्व सम्हालेको स्मरण गराउँदै गौतमले माओवादीलाई लोकतान्त्रिक बाटोमा ल्याउन सफल भएको प्रष्ट्याए ।
मुलुकको राष्ट्रिय राजनिति र नेपाली कांग्रेस पार्टीको दुवै राजनितिले देश तरंगीत भएको स्मरणगराउँदै बर्दियाको मधुवन नगर र वार्ड नम्वर ३ बाहेक सबै नगर अधिवेशन सम्पन्न भैसकेका छन् । भएका अधिवेशनबाट हालसम्म सक्षम ब्यक्तीहरु पार्टीको विभिन्न तहमा आएको उनको भनाई छ । अहिलेको अधिवेशनबाट समग्र काँग्रेस निर्माणमा आफू जुटेको बताए । यतिखेर सही नेतृत्व चयन गर्न नसके नेपाली काँग्रेस लामो समय सम्म थला पर्ने औल्याए ।
दवाव र प्रभावमा नपरी मन जितेर अघि बढ्न कार्यकर्ताहरुलाई अनुरोधगर्दै विपीको शोषण रहित समाजको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेस पूर्वजको रगत र पसिनाले सिंचित पार्टी भएकाले काँग्रेसमा ब्यक्ती ठूलो नभई पार्टी ठूलो भएको उनको जिकिर थियो । राजनितिमा अवसर आउने भएकाले आत्तिन र मात्तिन नहुने तर्फ सचेतपार्दै पार्टीले कार्यकर्ताको विवेक खोजेकाले निर्वाचनमा विवेक प्रयोग गरी सफल बनाउन सबैलाई आग्रह गरे । समग्र कांग्रेस निर्माणमा एकजुट हुन नेता गौतमले आग्रह गरेका छन् ।
आगामी स्थानिय र संसदीय निर्वाचनमा नेपाली काँग्रेस १ नम्वरको पार्टी बन्ने नेपाली काँग्रेसका नेता एवम् महासमिति सदस्य विद्याप्रसाद खनालले बताएका छन् । काँग्रेसलाई बर्दियामा ०३६ सालको अवस्थामा फर्काउने दावी उनको छ । बर्दियाका सबै पालिकामा स्थानिय निर्वाचनमा काग्रेसको बहुमत आउने उनले दोहोर्याए । पार्टीको अधिवेशनमा जित्ने ब्यक्तीहरु जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए । लोकतान्त्रिक पद्धतिमा हारजित स्वभाविक भएकाले हारजितका कारण तिक्तता नगर्न आग्रहगर्दै कांग्रेसलाई विचलित बनाउन रोक्नुपर्ने आवस्यक रहेको प्रष्ट्याए ।
एकैदिन दुईवटा वडा कार्यालय उद्घाटन
नेपाली काँग्रेस गुलरिया नगरपालिका वडा नम्वर ४ र ठाकुरबाबा नगरपालिका वडा नम्वर ९ को वडा कार्यालय एकैदिन उद्घाटन भएका छन् । नेपाली काँग्रेस पार्टी सभापति संजयकुमार गौतमको प्रमुख आतिथ्यतामा वडा कार्यालयहरु उद्घाटन गरिएको नेपाली काँग्रेस बर्दियाका उपसभापति मिश्रीलाल यादवले जानकारी दिए ।