भूरिगाउँको निःशुल्क आँखा शिविरबाट स्थानिय लाभान्वित
- शुक्रबार असोज २२ , २०७८
चुरेकुञ्ज, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्वर १ स्थित भुरिगाउँ बजारमा निःशुल्क आँखा चेकजाच गरिएको छ । बर्दिया आँखा स्वास्थ्य केन्द्रको शुभारम्भका अवसरमा निशुल्क आँखा शिबिर सन्चालन गरिएको हो ।
बर्दिया आँखा स्वास्थ्य केन्द्रको उत्घाटनगर्दै निःशुल्क रुपमा आँखा चेकजाँच गरिएको दृष्टि बिशेषज्ञ आश्मा शाहले जानकारी दिनु भयो । एकसाता सम्म निःशुल्क आँखा शिबिर हुन्छ । ठाकुरबाबा नगरपालिका, मधुवन नगरपालिका, सुर्खेत र कोहलपुरका गरि झण्डै ८० जनाले शुरुको दिन आँखा चेकजाँच गराएको शाहले बताउनु भएको छ ।
आँखा चेकजाँच गर्ने क्रममा ५ जनामा मोतिया बिन्दुको समस्या देखिएकाले ५० प्रतिशत छुटमा अप्रेसनका लागी नेपालगन्ज रेफर गरिएको छ । यस्तै धेरै जनामा आँखाको नानीमा चोट भएको, अल्छि आँखा भएको, कलर भिजन, एलर्जि, आँखामा सुख्खापन, धेरै जनामा चस्मा प्रयोग गर्नुपर्ने जस्ता समस्या देखिएको आँखा बिशेषज्ञ शाहको भनाई छ ।
आँखा चेकजाच शिबिरका सेवाग्राहीले आफ्नै ठाउँमा निःशुल्क आँखा चेकजाँच गर्न पाएकोमा खुशी ब्यक्त गरेका छन् । गरिब तथा बिपन्न परिवारका ब्यक्तिहरुलाई केहि मात्रामा भएपनि सहज बनाउन निःशुल्क आँखा चेकजाँच शिबिर आयोजना गरिएको आयोजकको भनाई छ ।