विप्लव नेतृत्वको नेकपाद्वारा गुलरिया बजारमा विरोध प्रर्दशन
- बिहिबार असोज २१ , २०७८
चुरेकुञ्ज, गुलरिया । सरकार संग भएको तीन बुँदे सहमति कार्यान्वयनको मागगर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बर्दियाद्वारा सदरमुकाम गुलरियामा बिरोध र्याली गरिएको छ । र्यालीले गुलरियाको मुख्य बजार परिक्रमा गरेको हो । केही दिन अघि नेकपा बर्दियाले तिन वुँदे सहमती कार्यान्वयनको लागि जिल्ला प्रशासन कार्यालय बर्दिया मार्फत सरकारलाई दवाव दिएको छ ।
सरकारसँगको सहमती कार्यान्वयनको मागगर्दै र्याली आयोजना गरिएको विप्लव नेतृत्वका विद्यार्थी नेता लोकेश जोशीले जानकारी दिए । तिन वुँदे सहमती कार्यान्वय, झुठा मुद्दा खारेजी लगायत सम्पूर्ण राजवन्दीको रिहाईको मागगर्दै विरोध र्याली गरेका हौं । सरकारसँगको तिन वुँदे सहमती कार्यान्वयनका लागि हाम्रो दवाव हो । नेकपाका केन्द्रिय सदस्य दिपक चलाउनेको नेतृत्वमा र्याली निकालिएको छ ।