fbpx

सामुदायिक उत्तरदायित्वमा अब्बलबन्दै प्रहरी

सामुदायिक उत्तरदायित्वमा अब्बलबन्दै प्रहरी

मुरली गोडिया, गुलरिया । “प्रहरी हुँ चल्ने गर्छु कानुनलाई मानी, दीन दुखीको सेवा गर्छु कर्तव्य नै ठानी” भन्ने मुला नारा सहित मुलुकभर ६६ औं प्रहरी दिवस मनाइएको छ । सुरक्षा प्रवाह गर्दा गर्दै बीरगती प्राप्त गरेका प्रहरी परिवार, पुर्वप्रहरी, कर्मचारी लगायतलाई सम्झिदै बुधबार बर्दिया प्रहरीले भब्यताका साथ प्रहरी दिवस मनाएको छ ।

शान्ति, सुरक्षाको मुल जिम्मेवारी पाएको नेपाल प्रहरी विकास र समृद्धिको पनि साथी भएकोमा जोड दिईएको छ । बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले स्थानिय निकायमा हुने गरेको विभिन्न बाधा अवरोधहरु फुकाउन प्रहरीले खेलेको समन्वयात्मक भुमिका प्रशंसनिय भएको बताउनु भयो । गाँउ गाँउमा बाटो घाटो निर्माण, समाजिक कुरिति विरुद्धको कदममा सहेत प्रहरीको योगदान रहेको बताउनु भयो । स्थानिय निकायमा भए गरेको विकास निर्माण कार्यमा समेत प्रहरीले खेलेको भुमिका प्रति खुशी व्यक्त गर्नु भयो ।

नेपाल प्रहरी विकासको पनि सारथी भएको उहाँको भनाई छ । लुम्बिनी प्रदेशका १२ जिल्लामा समुदाय प्रहरी कार्यक्रममा उत्कृष्ट समन्वय गरेकोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले गुलरिया नगरापलिकालाई सम्मान गरेको छ । जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले आयोजित कार्यक्रममा गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवलाई सम्मान प्रदान गर्नु भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख मुक्तिनाथ यादवले बर्दिया प्रहरीले कोरोना भाइरस नियन्त्रण तथा रोकथाम, आइसोलेसन निर्माण तथा सुरक्षा लगायत भौतिक पुर्वाधार विकासमा खेलेको भुमिका उल्लेखनिय भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष यादव आचार्यले पछिल्लो समय बर्दियामा प्रहरीले समुदाय प्रति गरेको उत्तरदायित्व वहनको प्रशंसा गर्नु भएको थियो । जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित प्रहरी दिवसको कार्यक्रममा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, समुदाय प्रहरी साझेदारीमा सहयोग पुर्याउने संघ संस्था र व्यक्तिहरू लगायत दिवसका अवसरमा आयोजित ब्याडमिन्टन प्रतियोगिताका विजयी खेलाडीहरुलाई समेत सम्मान गरिएको छ ।

तपाइको मत