साढे ३७ लाख रुपैया ठगीको आरोपमा दुईजना पक्राउ
- मंगलबार असोज १९ , २०७८
चुरेकुञ्ज, गुलरिया । बर्दिया प्रहरीले करिव साढे ३७ लाख रुपैया ठगी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । धान गहुँको कारोवारी विस्वास दिलाई ३७ लाख ४७ हजार ५८५ रुपैया ठगी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको हो ।
ठगी गरी फरार रहेका जिल्ला कैलाली टिकापुर नगपालिका वार्ड नम्वर ४ अस्नेरीका ललित खड्का र बाँकेको कोहलपुर नगरपालिका वार्ड नम्वर ३ मदनचोक बस्ने महेश रोकायालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले बताए । आरोपित दुवैलाई पक्राउ गरी ठगी सम्वन्धि कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।