fbpx

विप्लव नेतृत्वको नेकपाद्वारा प्रशासन कार्यालय बर्दियामा धर्ना

विप्लव नेतृत्वको नेकपाद्वारा प्रशासन कार्यालय बर्दियामा धर्ना

चुरेकुञ्ज, गुलरिया । सरकार संग भएको तीन बुँदे सहमति कार्यान्वयनको मागगर्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बर्दियाद्वारा जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि धर्ना दिईएको छ । उनीहरुले सरकारसँगको सहमती कार्यान्वयनको माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र समेत वुझाएका छन् ।

तिन वुँदे सहमती कार्यान्वय, झुठा मुद्दा खारेजी लगायत सम्पूर्ण राजवन्दीको रिहाईको मागगर्दै जिल्ला प्रशासन कार्यालय बर्दियामा धर्ना सहित ज्ञापन पत्र वुझाईएको विप्लव नेतृत्वका विद्यार्थी नेता लोकेश जोशीले जानकारी दिए । नेकपा बर्दियाको अगुवाईमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई ज्ञापन पत्र वुझाईएको उनले बताए ।

तपाइको मत