गुलरियामा ब्यवसायिक एड्भान्स सौन्दर्य तालिम सम्पन्न
- आइतबार असोज १७ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरियामा सशुल्क ब्यवसायक एड्भान्स सौन्दर्य तालिम सम्पन्न भएको छ । गुलरियामा संचालित साइसा ब्यूटिपार्लरको समन्वयमा तालिम संचालन गरिएको हो ।
तालिममा बर्दियाका विभिन्न पालिका अन्र्तगत ब्यूटि पार्लर संचालन गरेका सौन्दर्यकर्मी महिलाहरु सहभागी रहेको तालिम संयोजक रेजिना रावलले बताईन् । १५ जना सहभागी तालिममा नेपालगञ्ज स्थित बखरिया ब्यूटिकेयर सेन्टरकी संचालक लेवल २ ब्युटिसिएन प्रमिला चौधरीले सहजीकरण गरेकी हुन् ।
असोज ३ गतेदेखि १३ दिनका लागि सशुल्क संचालन गरिएको तालिममा प्रति सहभागी १५ हजार रुपैया शुल्क तोकिएको रावलले बताईन् । सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ ।