fbpx

बढैयातालमा पालिका स्तरिय फुटबल प्रतिस्पर्धा

बढैयातालमा पालिका स्तरिय फुटबल प्रतिस्पर्धा

बढैयाताल, बर्दिया । कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र स्याउलीबजार बर्दियाले दोस्रो पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । फुटबलका खेलाडीलाई उर्जा दिन खेल आयोजना गरिएको हो ।

पालिका स्तरीय फुटबल प्रतियोगिता गत वर्ष २०७६ मा पुस्तकालयबाट नै गरिएको थियो । गत वर्ष मधुवन नगरपालिका विजेता र वाँसगढी नगरपालिका उपविजेता बनेका हुन् ।

खेलकुद र विकासमा युवाहरूको साथः देशले पाउँछ समृद्धि र निकास नाराका साथ बढैयाताल गाउँपालिका स्तरीय फुटबल प्रतियोगिता फागुन १५ गतेबाट सुरू भै २२ गते सम्पन्न हुने बढैयाताल गाउँपालिका वडा नं ८ का वडाध्यक्ष सुन्दरमान श्रेष्ठले पत्रकार सम्मेलन मार्फत जानकारी दिए ।
बढैयाताल गाउँपालिकाले प्रतियोगिताका लागि सहयोग तथा सहकार्य गरेको छ । खेलको मुख्य प्रायोजक, सहप्रायोजक र प्रायोजकहरू पनि खोजी भैरहेको फुटबल प्रतियोगिता व्यवस्थापन समितिले जनाएको छ ।
प्रतियोगितामा बर्दिया जिल्लाका छ वटा नगरपालिका र २ वटा गाउँपालिका गरी आठ वटै पालिकाका टिमको सहभागिता रहने जनाईएको छ । प्रतियोगिता व्यवस्थापन समितिका अनुसार पालिकामा स्थायी ठेगाना भएका व्यक्तिहरु मात्र खेलमा सहभागी हुन पाउने छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा आवद्ध व्यक्तिहरूलाई कुनै पनि पालिकाबाट समावेश नगरिने बताईएको छ ।

प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने विजेता टिमलाई १ लाख १ हजार १११ रुपैया नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । त्यस्तै उपविजेताले ५५ हजार ५५५, उत्कृष्ट खेलाडीले १ हजार, विधागत उत्कृष्टलाई २ हजार रुपैया राशी पुरस्कार राखिएको छ ।
खेलको उद्घाटन फागुन १५ गते विहान ११ बजे र फाइनल खेल फागुन २२ गते हुने जनाईएको छ ।

तपाइको मत