fbpx

मोडल कृष्णबहादुर बस्नेत अभिनित ’माइखोलाको पानी’ बजारमा

मोडल कृष्णबहादुर बस्नेत अभिनित ’माइखोलाको पानी’ बजारमा

काठमाडौँ । मोडल कृष्ण बहादुर बस्नेत र सोनिया लामा अभिनित ’माइखोलाको पानी’ बोलको गीत बजारमा आएको छ । धनेन्द्र याम्पा राइले लेखेको शब्दलाई कैलाश राइले संगीत र डिसी मगरले स्वर भरेका छन ।

मोडल कृष्ण बहादुर बस्नेतले भने भिडियोमा मेहनत गरेको र दर्शकले मन पराउनेमा विश्वासत रहेको बताए । गीतलाई सञ्जय हमालले संगीत संयोजन, सुवास राइले मिक्सिङ गरेका हुन ।

प्रेम लामाले छायांकन, राज महर्जनले कोरियोग्राफी, टेकेन्द्र शाहले सम्पादन र कलर गरेको उक्त म्युजिक भिडियोलाई टेकेन्द्र कार्कीले निर्देशन गरेका हुन ।

तपाइको मत