fbpx

नेपाली काँग्रेस बर्दिया नगर निर्वाचनमा सभापतिको मतपरिणाम

नेपाली काँग्रेस बर्दिया नगर निर्वाचनमा सभापतिको मतपरिणाम

चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेस १४ औं अधिवेशन अन्र्तगत बर्दियाको ७ वटा पालिकाको नगरकार्यसमितिको अधिवेशन सकिएको छ । गुलरिया, राजापुर, ठाकुरबाबा, बारबर्दिया, बाँसगढी नगरपालिका र बढैयाताल तथा गेरुवा गाउँपालिकाको अधिवेशन सम्पन्न भएको छ ।

मधुवन नगरपालिकाको नगर अधिवेशन अवरुद्ध भएको छ । नगरको वडा नम्वर ३ मा सदस्यता विवाद चुलिएसँगै मधुवन नगरपालिकाको नगर कार्यसमितिको अधिवेशन रोकिएको छ । अखण्ड नेपाल पार्टी समायोजनको विषयलाई लिएर सदस्यता थपेसँगै विवाद चुलिएको नेपाली काँग्रेस १४ औं महाधिवेशन बर्दियाका सहायक निर्वाचन अधिकृत विरबहादुर रोकायले बताए । वडाको विवाद केन्द्रिय समितिमा पुगेको छ ।

सहमती पछि मात्र वडाको निर्वाचन हुन्छ त्यसपछि नगरको निर्वाचन गर्छौ । बर्दियाका ७ वटा पालिका अन्र्तगत नगर कार्यसमितिको निर्वाचन सम्पन्न भैसकेको छ । उनले भने गुलरिया नगरपालिकाको निर्वाचनमा सभापति पदमा ईन्द्रकुमार यादवले १२६ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिद्वन्दी श्यामप्रसाद थारुले ११८ मत प्राप्तगरे । बाँसगढी नगरपालिकामा लोहारी थारुले ११२ मत प्राप्तगरी विजयी भएका छन् । बलिराम थारुले ५७ मत प्राप्त गरेका छन् । राजापुर नगरपालिकामा महेशकुमार चौधरीले १९१ मत प्राप्तगरी निर्वाचित भए प्रतिद्वन्दी विष्णुप्रसाद थारुले ५६ मतमै समेटिए ।

ठाकुरबाबा नगरपालिकामा विजयी पदम बहादुर खड्का १०३ मत, विपी भण्डारी ७३ मत, बारबर्दिया नगरपालिकामा विजयी सुरेन्द्र बहादुर बोहोराले १०३ मत र अमृत ढकालले १०१ मत प्राप्त गरेका छन् । बढैयाताल गाउँपालिकामा निर्वाचित भगत नेपालीले ७३ मत र प्रतिद्वन्दी मानबहादुर बुढाले ६८ मत प्राप्त गरेका हुन् । गेरुवा गाउँपालिकामा प्रेमबहादुर रावल निर्विरोध चयन भएको सहायक अधिकृत रोकायले जानकारी दिए । विवादित वडा नम्वर ३ को विवाद समाधान भएपश्चात विवादित वडापछि नगरको निर्वाचन हुने उनको भनाई छ ।

तपाइको मत