fbpx

मुनाल युनाईटेड फूटवलको उपाधी माछापुच्छ्रे युवा क्लवलाई

मुनाल युनाईटेड फूटवलको उपाधी माछापुच्छ्रे युवा क्लवलाई

अनोज थारु, बढैयाताल । बर्दियाको बढैयाताल गाँउपालिका वडा नं ९ स्थित मुनालबस्तीमा आयोजित मुनाल युनाईटेड जिल्ला स्तरीय फुटबल प्रतियोगितामा माछापुच्छ्रे् युवा क्लव (भोलागौडी) र मामाभान्जा युवा क्लव (सितलाबजार) बिच भएको फाईनल खेलमा माछापुच्छ्रे युवा क्लवले शून्यका बिरुद्ध २ गोलले मामाभान्जा युवा क्लवलाई पराजितगर्दै उपाधी हात पारेको छ ।

माछापुच्छ्रे युवा क्लवले नगद रु २५ हजार सहित प्रथम पुरस्कार शिल्ड, मेडल उचाल्न सफल भएको हो । उपविजेता बनेको मामाभान्जा क्लवले नगद रु १५ हजार सहित शिल्ड, मेडल प्राप्त गरेको छ । उत्कृष्ट खेलाडी घोषित भएका माछापुच्छ्रे क्लवका अनुप थारुले १ हजार नगद प्राप्त गरे ।


भदौ महिनाको ३१ गते देखि सुरु भएको प्रतिया्गितामा २४ टिम सहभागी थिए । प्रथम मुनाल युनाईटेड जिल्ला स्तरीय फुटबल प्रतियोगिता २०७८ को मुख्य प्रायोजक रिलाईवल नेपाल लाईफ एन्सुरेन्स साखा कार्यालय गुलरीयाले रु २० हजार सहयोग प्रदान गरेको थियो । प्रथम पुरस्कार राधा कृष्ण राईस मिल तथा राधा कृष्ण धर्मकांटाका प्रोप्राईटर पार्वती काफ्लेले रु २५ हजार सहयोग प्रदान गर्नु भएको छ । प्रायोजकको रुपमा बिष्णु लम्सालले ब्यक्तिगत रु १५ हजार नगद सहयोग प्रदान गर्नु भएको मुनाल युनाईटेड युवा क्लवका सचिव श्याम बिकले जानकारी दिनुभयो ।

तपाइको मत