fbpx

सामुदायिक बनलाई तराई भु परिधि कार्यक्रमको सहयोग

सामुदायिक बनलाई तराई भु परिधि कार्यक्रमको सहयोग

संजय आचार्य, बर्दिया । तराई भु–परिधि कार्यक्रम (ताल) ले खाता सामूदायिक वन समन्वय समिति मधुवन घ बर्दियालाइ समूदायमा आधारित जैविक विविधता संरक्षण कोषमा आर्थिक बर्ष ०७७÷०७८ मा करीब ८७ लाख ९७ हजारको सहयोग गरेको छ । संस्थाले एक कार्यक्रमा रकम हस्तान्तरण गरेको हो ।

तालबाट हरियोबन कार्यक्रम मार्फत रकम सहयोग गरेको खाता सामूदायिक वन समन्वय समितिका अध्यक्ष बलिराम थारुले बताउनु भएको छ । यसै कार्यक्रमका बिच सामूदायिक वन समन्वय समिति खैरीलाइ ०७७।७८ मा २२ लाख २२ हजार र सामूदायिक वन समन्वय समिति बसन्तालाई करीब १७ लाख ६५ हजार बराबरको सहयोग गरेको तराई भु–परिधि कार्यक्रमका प्रबन्धक हरी प्रसाद पाण्डेले बताउनु भएको छ । जैविक विविधता संरक्षण कोषले केही हद सम्म सहयोग गर्ने उद्देश्ले यस बर्ष केही थप रकम सहयोग गरेको पाण्डेले बताउनु भयो ।

हस्तान्तरण कार्यक्रममा खाता सामूदायिक वन समन्वय समिति मधुवन घ बर्दियालाइ यस बर्ष ४ लाख, सामूदायिक वन समन्वय समिति खैरी लाइ ५ लाख ५० हजार र सामूदायिक वन समन्वय समिति बसन्तालाई १ लाख ५० हजार थप सहयोग गरीएको हो । कार्यक्रममा ठाकुरबाबा नगरपालीकाका प्रमुख घन नारायण श्रेष्ठ, सामूदायिक वन समन्वय समिति खैरीका अध्य्क्ष राजु थारु, सामूदायिक वन समन्वय समिति बसन्ताका अध्यक्ष मास्टर थारु, तराई भु–परिधि कार्यक्रम, डब्लु डब्ल् एफका कार्यक्रम निर्देशक शिवराज भट्ट, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत बिष्णु प्रसाद श्रेष्ठ साथै सम्बन्धित पालिकाका वडा अध्यक्ष लगायत संस्थाका पदाधिकारीहरु सहीत पत्रकारको उपस्थिती रहेको थियो ।

तपाइको मत