fbpx

मधेसी समुदायमा अभिभावको दवावमा बालविवाह : उपप्रमुख

मधेसी समुदायमा अभिभावको दवावमा बालविवाह : उपप्रमुख

मुरली गोडिया, गुलरिया । गुलरिया नगरपालिकाकी नगर उपप्रमुख शुसिला गीरीले सवैसंग समन्वयत्मक रुपमा काम गरिरहेको बताएकी छिन । नगरपालिकाका १२ ओटै वडाहरुमा एउटै मुद्धामा रहि संघ संस्थाहरुसँग काम गरि रहेको उपप्रमुखले बताएकी हुन् ।

अब आउने व्यक्तीका लागी सहज हुने गरी सवैसंग समन्वय गरि कार्य गरिरहेको बताईन् । दलित महिला उत्थान संघद्वारा संचालित बालबिवाह तथा चाडै हुने विवाह न्युनिकरण रोकथाम परियोजना अन्तर्गत सरोकारवाला निकाय संग गुलरियामा आयोजना गरेको समन्वयात्मक बैठकमा बोल्दै उपप्रमुख गिरीले नगरपालिका भित्र बाल विवाह गर्ने मात्रामा कमि आएको भएपनि ठोस नतिजा आउन बाँकी रहेको प्रष्ट्याईन् ।

मधेशी समदायमा बालविवाह बालबालिका भन्दा अभिभावकको दवावमा हुने गरेको उल्लेख गरिन । मधेशी समुदाय भन्दा अन्य समुदायमा भागेर बावविवाह गर्ने प्रचलन हाबी छ । उनले भनिन् मुस्लिम समुदायमा रहेको ३ तलाकको विषय पनि गम्भिर छ । गुलरिया नगरपालिका भित्र बाँके युनेस्को क्लब, वि–गु्रप, दलित महिला उत्थना संघ, साथी संस्था लगायतले बालविवाहको क्षेत्रमा कामगर्दै आएका छन् । अभियान एउटै भएपनि समन्वयको खाँचो भएको सहभागीले कार्यक्रममा जोड दिएका छन ।

गुलरिया नगरभित्र कार्यरत संस्थाहरु समन्वयत्मक बैठक समेत गर्ने गरेको उपप्रमुख गीरीले बताईन । दलित महिला उत्थान संघ बर्दियाले गुलरियाको वडा नम्बर २, ३, ८ र ९ मा सन २०२० जुन देखी कार्य गर्दै आइरहको छ । सन २०२२ जुन सम्म संचालन हुने सो परियोजनामा बालविवाह न्युनिकरण गर्ने हेतुले विविध कार्यक्रम समावेश गरिएको परियोजना संयोजक जीरा वि.कले जानकारी दिइन् । बालविवाह बारे सचेतना फैलाउने खालको लोक दोहरी प्रतियोगीता, बक्तृत्व कला, सडक नाटक लगायत कार्यक्रम समावेश गरिएको वि.कले जानकारी दिइन् ।

तपाइको मत