fbpx

पर्यटकिय क्षेत्रका गाईडहरुलाई अंग्रेजी भाषा तालिम

पर्यटकिय क्षेत्रका गाईडहरुलाई अंग्रेजी भाषा तालिम

हरिवंश पाण्डे, बर्दिया । ठाकुरबाबा नगरपालिकाको आर्थिक सहयोग र पर्यापर्यटन विकास मञ्च ठाकुरद्वाराको आयोजनामा बर्दियाको ठाकुरद्वारामा एक महीने अंग्रेजी भाषा तालिमको शुरु गरिएको छ । पर्यटकिय गन्तब्यमा आउने विदेशी पाहुनाहरुसँग बोलचाल गर्न सहज बनाउने उद्देश्यले स्थानिय पथपर्दशकलाई तालिम दिईएको हो ।

बर्दिया राष्ट्रिय निकुञ्जको वरिपरि रहेका पर्यटन व्यवसायमा संलग्न रहेका प्रकृति पथप्रदर्शक हरुको क्षमता विकास तथा यस पेशामा रुचि जनाउने करिब २७ जना युवाका लागि तालिमको आयोजना गरिएको पर्यापर्यटन विकास मञ्चका सदस्य रामजन चौधरीले जानकारी दिए ।
पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईको अध्यक्षतामा संचालित कार्यक्रममा प्रमुख अतिथिमा ठाकुरबाबा नगरपालिका नगर प्रमुख घननारायण श्रेष्ठ, विशिष्ट अतिथिमा नगर उपप्रमुख कृष्णकुश्मा थारु र अथिती हरुमा बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असीम थापा, ठाकुरबाबा नगरपालिका वार्ड नं. ९ का वार्ड अध्यक्ष राधा चौधरी लगाएत स्थानिय विभिन्न संघ संस्थाका प्रतिनिधिहरु हरुको उपस्थिति रहेको थियो ।

वार्ड नम्वर ९ का अध्यक्ष राधा चौधरीले प्राकृतिक स्रोत साधनको संरक्षणमा युवाले महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै यस तालिमलाई व्यवहारमा उतार्न आग्रह गर्नु भएको छ । नगर उपप्रमुख कृष्णकुश्मा थारुले नगरपालिकाले संरक्षण जस्ता कार्यमा विशेष जोड दिँदै पर्यटन विकासमा सदैव सहयोग रहने बताउनु भएको भयो । कार्यक्रमा बोल्दै नगर प्रमुख घननारायण श्रेष्ठले ठाकुरबाबा नगरपालिका प्राकृतिक स्रोत साधनमा धनी रहेकाले यस क्षेत्रमा पर्यटन विकासको प्रचुर सम्भावना रहेको बताउनु भयो ।

आगन्तुक पाहुनालाई यसको बारेमा विस्तृतमा जानकारी गराई प्रर्याप्त आर्थिक लाभ लिन सकिने भएकाले त्यसको लागि भाषामा दक्ष हुनुपर्ने उहाँको भनाई छ । भाषा दक्षतामा थप टेवा पुगोस् भन्ने उद्देश्यले यो भाषा तालिम सन्चालनमा नगरपालिकाले सहयोग गरेको बताउनु भयो । एउटा पथ प्रदर्शकले राम्रो सँग पर्यटकलाई प्रकृतिका बारेमा बुझाउन सके त्यसबाट गाइड लगाएत समग्र क्षेत्रलाई आर्थिक लाभ हुनुका साथै क्षेत्र पहिचानमा महत्वपूर्ण टेवा पुग्ने नगर प्रमुख श्रेष्ठको भनाई थियो ।

एक महीने तालिम पश्चात सम्पूर्ण सहभागी अंग्रेजी भाषामा दक्ष हुने आफूले विश्वास लिएको बताउनु भयो । तालिमको उदेश्य आचारसंहिता लगाएतका विषयमा आयोजक पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्ण भट्टराईले बताउँदै कार्यक्रम सफताको शुभ कामना व्यक्त गर्नु भएको थियो । एक महिले अंग्रजी भाषा तालिमको सहजीकरण प्रशिक्षक सानुकान्छा तामाङले गर्नुभएको छ ।

तपाइको मत