बर्दियामा चितुवाको आक्रमणबाट २२ खशी बाख्रा मरे
- सोमबार असोज ११ , २०७८
हरिवंश पाण्डे, बर्दिया । बर्दिया जिल्लामा गएराती चितुवाले किसानको बाख्रा खोरमै आएर आक्रमण गर्दा २२ वटा खसी बाख्रा मरेका छन् । सदरमुकाम गुलरिया वार्ड नम्वर ५ स्थित सन्तोषी टोलमा किसान चन्द्रकान्त पौडेलले सञ्चालन गरेको विकृच पशुपन्छी तथा बाख्रा पालन फर्ममा चितुवाले आक्रमण गर्दा बाख्रा मरेका हुन् ।
सोमबार रातिको समयमा चितुवा आई खोरमा रहेका २२ वटा खसी तथा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक गोपाल पौडेलले बताए । चितुवाले क्षति पुर्याएको खबर पाए लगत्तै खटि गएको प्रहरीको टोलीले २२ वटा खसी बाख्रा मृत फेला पारेको हो । घटनासँग सम्बन्धी अन्य विवरण अनुसन्धान पछि आउने पौडेलले जानकारी दिए ।