fbpx

कृषि कार्यलाई आधुनिकिकरण गर्नुपर्ने सरोकारवालाको जोड

कृषि कार्यलाई आधुनिकिकरण गर्नुपर्ने सरोकारवालाको जोड

अनोज थारु, बढैयाताल । बढै्याताल गाउपालिका वाड नं ६ को वडा कार्यालयमा स्थानिय सरकार र सरोकारवालाहरु विच कृषि सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । दिगो विकास रेडियो स्रोता समुहको आयोजनामा अन्तरकिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले कृषकहरुलाई कृषि सम्बन्धि आधुनिक किसिमको तालिम, सहुलियत बिउबिजन, रासायनिक मल लगायतको व्यवस्था गरिनुपर्नेमा जोड दिएका छन् । कृषकहरुले कृषि सम्बन्धी विभिन्न जिज्ञासाहरु राखेका थिए । कृषि विकास शाखा प्रमुख दिपेन्द्र श्रीवास्तवले कृषकहरुको जिज्ञासालाई सम्वोधन गर्नु हुदै सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गरेजस्तै कृषि कार्यक्रमलाई प्राथमिकतामा राखेको र किसानहरुको समस्या समाधान हुने किसिमको कृषि विकास शाखाबाट कार्यक्रम गर्दै आएको बताउनु भयो ।

बढै्याताल गाउपालिका पशु सेवा शाखाका प्रमुख तथा पशु चिसित्सक अशोक उपाध्यायले पशु बिकास शाखामा बजेट अभाव भएको कारण पशु पालक कृषकहरुको माग अनुसार पुरा सेवा सुबिधा दिन नसकेको स्वीकार गर्नु भयो । तर पशु पालककहरुको सबै समस्या समाधान गर्न नसके पनि पशुचौपायामा लाग्ने अधिक रोगलाई समाधान गर्न पशुविकास शाखाबाट कार्यक्रम गरिरहेको चिसित्सक उपाध्यायको भनाई छ ।

बढै्याताल गाउपालिका वाड नं ६ का वडाअध्यक्ष रामहर्ष थारुले कृषि तथा पशु क्षेत्रबाट दिने सेवा सुबिधाको बारेमा आफ्नो वडा भित्रका नागरीकहरुलाई बरघरहरु मार्फत सूचना तथा जानकारी गराई रहेको बताउनु भयो । कार्यक्रममा बढै्याताल गाउपालिकाक प्रमुख प्रसासकिय अधिकृत अर्जुन सुवेदीले कृषि व्यवसायमा कृषकहरुको आत्मनिर्भर रहने हुँदा पालिकाले गरीब कृषकलाई हर सम्भव सेवा दिने आश्वासन दिनुभयो । साथै ब्यक्तिगत रुपमा नभएर सामुहिक रुपमा कृषि खेति गर्न सुझाव दिनु भएको छ ।

दिगो विकास रेडियो स्रोता समुहका अध्यक्ष जोहन थारुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रसासकिय अधिकृत अर्जुन सुवेदी, कृषिविकास शाखा प्रमुख दिपेन्द्र श्रीबास्तव, पशु चिकित्सक अशोक उपाध्याय, वडा सदस्य, कार्यपालिका सदस्य, दिगो विकास रेडियो स्रोता समुहका सदस्य, कृषक लगाएको सहभागिता रहेको थियो ।

पारस्पारिक जवाफ देहिता परियोजना अन्तरगर्त युएसएआईडी, एफएचआई ३६० को आर्थिक सहयोग र इक्वल एक्सेस इन्टरनेशनल र सुचना र मानव अधिकार अनुसन्धान केन्द्रको समन्वय र दिगो बिकास रेडियो श्रोता समुहको आयोजनामा कार्यक्रम भएको हो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई प्रश्न सोधौँ जवाफदेहिता खोजौँ भन्ने लेखिएको टिर्सट समेत बितरण गरीएको थियो । सोमवार बढैयाताल वडा नं ३ सोहरवाको युवा जागरण रेडियो श्रोता समुहमा कार्यक्रम हुने छ ।

तपाइको मत