करबृद्धिको बिरोध : कण्डम रहर हो सेनेटरी प्याड बाध्यता
- शनिबार असोज ९ , २०७८
अनोज थारु, बाँसगढी । सरकारले सेनेटरी प्याडमा गरेको मुल्य बृद्धिको बिरुद्धमा बाँसगढी नगरपालिकाका युवाहरुले बिरोध जनाएका छन् । टालो हरायो प्याड आएसी, अव प्याड हराउँदैछ कर आएसी भन्ने नारा सहित युवा संन्जाल बाँसगढीका युवाहरुले सांकेतिक बिरोध प्रर्दशनगर्दै सरकारको बिरोध जनाएका हुन ।
नेपाल पुरुष प्रधान देश भने जस्तै प्रत्येक स्वास्थ्य चौकीबाट निशुल्क रुपमा कण्डम बितरण गरेको छ । तर महिलाहरुलाई अति आवश्यक रुपमा चाहिने सेनेटरी प्याडमा सरकारले १५ प्रतिशत करबृद्धि गरेको कारण सांकेतिक बिरोध प्रदर्शन गरेको युवा संन्जाल बाँसगढीका सदस्य राजसिंह चौधरीले बताउनु भयो । कण्डम रहर हो भने सेनेटरी प्याड बाध्यता हो, त्यसैले बिरोध गर्नु परेको युवा संन्जल बाँसगढीका सदस्य मिना खातुनले बताउनु भयो ।
सांकेतिक बिरोध प्रदर्शन नेपाल सरकारले तत्काल रुपमा प्याडलाई निःशुल्क बितरण गर्न नसके पनि १५ प्रतिशत लिएको कर चाही छुट हुनु पर्ने माग आँफुहरुको रहेको बाँसगढी ५ की डिलु पौडेलले बताउनु भयो । स्थानीय सरकारले प्रत्येक बिद्यालयमा सेनेटरी प्याडको ब्यवस्था भैसकेको बताएपनि त्यो अनुसार अझै सेवा सुबिधा नपाएको पौडेलको भनाई छ ।