fbpx

कृषिजन्य उत्पादनको बजारीकरणमा किसानहरुलाई समस्या

कृषिजन्य उत्पादनको बजारीकरणमा किसानहरुलाई समस्या

मानबहादुर चौधरी, बाँसगढी । खाद्य अधिकार सम्बन्धी सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रममा एकिकृत कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष बिनोद प्रसाद उपाध्यायले सहकारी मार्फत कृषिजन्य उत्पादन बजारीकरणमा किसानहरुलाई सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । सहभागीहरुले बालीजन्य कृषि उत्पादनको बजारीकरणमा समस्या भोग्दै आएको गुनासो गरेपछि उपाध्यायले त्यसो बताउनु भएको हो ।

कृषिको राम्रो बजारीकरण नहुँदा कृषिलाई मुख्य पेशा बनाएर अगाडी बढ्न कठिनाई भएकाले किसानहरुलाई अन्य पेशा तर्फ लाग्नु पर्ने बाध्यता आएको ईन्सेकले आयोजना गरेको कार्यक्रममा उहाँले बताउनु भएको छ । कृषकहरुको उत्पादनलाई उनीहरुको फाइदा हुने गरी बजारीकरण गर्ने र कृषि पेशालाई आयस्रोत मुख्य आधार बनाउन सहयोग गर्नकै लागि सहकारी स्थापना गरिएको अध्यक्षको भनाई छ । बाँसगढी नगरपालिका, कृषि शाखासंग समन्वय सहकार्य गर्दै किसानहरुसंग प्रत्यक्ष रुपमा जोडिएर कृषि उपजको बजारीकणमा सहयोग गर्ने उहाँको प्रतिवद्धता छ ।

कृषि शाखाका बिकास उपाध्ययले आ.व. २०७८÷०७९ मा किसानहरुको लागि आएको कार्यक्रमका बारेमा जानकारी दिनु भएको थियो । कृषि शाखाले बाँसगढी नगरपालिका वार्ड नम्वर ७ र २ को कार्यालयमा पनि कृषि प्राविधिकको ब्यवस्था गरी किसानहरुलाई सेवा दिन शुरु गरेको जानकारी दिनुभयो । सबै खाले आर्थिक स्तर भएका किसानहरुलाई आवश्यकता र मागको आधारमा सहयोगको कार्यक्रम ल्याईएको जानकारी उहाँले गराउनु भयो ।

सो अवसरमा सरकारले दिने सेवा सुविधाहरुको बारेमा ग्रामिण स्तरका किसानको पहुँच हुन नसकेको, सिचाईको ब्यवस्था हुन नसकेको । कृषि सम्बन्धी सुचनामा पनि पहुँच हुन नसकेकोले कृषकहरुको अभिलेख राखेर उनीहरु गर्दै आएको कृषि कार्यलाई प्रत्यक्ष परोक्ष निरन्तर सम्पर्क गरी ब्यवसायीकता तर्फ अगाडी बढाउन सहजिकरण गर्न पर्ने उहाँको भनाई छ ।

किसानहरुलाई सुचना प्रवाह गर्न प्रविधीमैत्री बनाउन पर्ने । कृषि कार्य गर्न शुरु गर्न खोज्ने, शुरु गरेका र स्थापित भइसकेका किसानलाई दिगोपन दिन बिशेष कार्यक्रम ल्याउन पर्ने । लगायत सवालमा सरकारले गम्भिर भएर सम्वोधन गर्न पर्ने माग कृषक सहभागिहरुले गर्नु भएको छ ।

तपाइको मत