fbpx

जनगणनामा कोही नछुटुन कोही नदोहोरिउन : ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठ

जनगणनामा कोही नछुटुन कोही नदोहोरिउन : ठाकुरबाबा नगरपालिका नगरप्रमुख घननारायण श्रेष्ठ

हरिवंश पाण्डे, बर्दिया । देशव्यापी रूपमा भैरहेको १२ औं जनगणना कार्यक्रममा ठाकुरबाबा नगरपालिकाले विशेष चाँसो देखाएको छ । नगरपालिकाले सम्बन्धित पक्ष सँगको उपस्थितिमा अन्तरक्रिया कार्यक्रमगर्दै विविध विषयमा छलफल गरी आफ्नो नगरपालिका भित्रको सत्य तथ्य र सही तथ्याङ्क संकलन गर्न आग्रह गरेको छ ।

ठाकुरबाबा नगरपालिकाको आयोजना एंव जिल्ला जनगणना कार्यालय गुलरियाको सहजीकरणमा ठाकुरबाबा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगरप्रमुख घननारायण श्रेष्ठ प्रमुख अतिथि, नगर उपप्रमुख कृष्णकुश्मा थारु विशेष अतिथीको रुपमा सहभागी थिए । नगरपालिकाका नौं वटै वडाका वडाध्यक्ष तथा प्रतिनिधि, जिल्ला जनगणना कार्यालय बर्दियाका कार्यालय प्रमुख दान बहादुर एडी एवम् ९ वटै वार्डमा घर परिवार सूचीकरणका लागि खटिएका सुपरिवेक्षकको सहभागितामा कार्यक्रम गरिएको छ ।

जिल्ला जनगणना कार्यालय बर्दियाका कार्यालय प्रमुख दान बहादुर एडीले जनगणना प्रक्रिया, तथ्याङ्कीय विषयवस्तु, सम्बन्धित पक्षको काम कर्तव्य र अधिकार साथै स्थानीय सरकाले निभाउनुपर्ने भूमिकाका बारेमा प्रष्ट्याउनु भएको थियो । सुपरिवेक्षक नियुक्तिदेखि स्थानीय सरकार संगको समन्वय, घर परिवार सूचीकरण, मुख्य प्रश्नावली, कृषि गणना, सामुदायिक प्रश्नावली बारे उपस्थित सबैलाई जानकारी दिईएको छ । तथ्याङ्क सतप्रतिशत सही ल्याउन कोसिस् गरिएको एडीले जोड दिनु भयो ।

कार्यक्रममा नगर उपप्रमुख कृष्ण कुश्मा थारुले आफ्ना नगरपालिका भित्रका कोही नागरिक नछुट्ने गरी तथ्याङ्क संकलन गर्न अनुरोध गर्नु भएको थियो । जिज्ञासा राख्ने क्रममा केही वार्ड अध्यक्षले आफूहरु सग केही सुपरिवेक्षकले समन्वय नगरेको प्रति गुनासो पोख्नु भएको थियो भने ९ नम्बर वार्ड अध्यक्ष राधा चौधरीले आफ्नो वार्डमा खटि आउनु भएको सुपरिवेक्षकले अहिलेसम्म प्रत्यक्ष रुपमा वार्ड कार्यालयमै बसी ३ पटक सम्म छलफल गरी अगी बढेको र आफ्नो वार्डमा राम्रो कार्य भइरहेको बताउनु भयो ।

नगरप्रमुख घन नारायण श्रेष्ठले सम्भवत बर्दियामै जनगणना सम्बन्धी चासो राखेर जिल्ला जनगणना संगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम ठाकुरबाबा नगरपालिकाले पहिलो पटक आयोजना गरेको बताउनु भयो । जनगणनामा कोही पनि नदोहोरिउन कोही नछुन् । भोलिका दिनमा आफ्नो नगर भित्र विकाससँग सम्बन्धित योजनाहरु निर्माणमा सहज हुने भएकाले आफ्ना नागरिकको गणनामा कुनै त्रुटि नभई सबैको सही तथ्याङ्क संकलन होस् भन्ने आफूहरुको चाहाना रहेको नगर प्रमुखको भनाई छ ।

सबै वार्डमा सही ढंगले समन्वयात्मक तरिकाबाट आफ्नो नगरपालिकामा उदारहणीय जनगणना सम्पन्नताको उद्देश्य राखी अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेका हौ । विगत र वर्तमानमा जनसंख्या वृद्धिदर, दोब्बर हुने अनुमान रहेको बताउँदै आफ्नो नगरपालिकाको विविध योजना एंव भावी रणनीति निर्माणमा सही जनसंख्याको उल्लेख्य महत्व हुने भएकोले सही तथ्याङ्कमा सबैले सहयोग र सहजीकरण गर्न सबैसँग नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले अनुरोध गर्नुभएको छ ।

तपाइको मत