अदालतले सजाय तोकेका फरार अभियुक्त समात्दै प्रहरी
- शुक्रबार असोज ८ , २०७८
चुरेकुञ्ज, गुलरिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पछिल्लो ६ महिनाभित्र ५२ जना फरार अभियुक्तहरूलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाले शुक्रबार अर्ध बार्षिक समीक्षा कार्यक्रममा बर्दिया जिल्ला अदालतले विभिन्न अपराधमा कैद तथा जरिवाना सुनाएका फरार अभियुक्तहरूलाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले सम्मानित अदालतले कैद सजाय तोकेका अभियुक्त पक्राउ गर्न बर्दिया प्रहरी सफल भएको बताए । अन्य फरार अभियुक्तहरुको खोजी भैरहेको उनले जानकारी दिए । बर्दिया जिल्ला अदालतबाट एक दिनको सजाय तोकिएका देखि ज्यान मुद्दामा १८ वर्षको सजाय तोकिएका समेतका फरार अभियुक्त पक्राउ गरिएको उपरिक्षक कार्कीको भनाई छ ।
फरार अभियुक्तहरू जिल्लाका विभिन्न गाउँमा देखिने गरेको गोप्य सूचनाहरूको आधारमा विभिन्न स्थानबाट पक्राउ गरेका हौं । उनले थपे अदालतको फैसला पछि फरार सुचिमा रहेका थप अभियुक्तको खोजिका लागि जिल्लाका हरेक ईलाका, चौकी इन्चार्जहरुलाई निर्देशन दिइएका छौं ।