fbpx

समृद्ध नेपालको परिकल्पनाकार नेकपा (एमाले) : केपी ओली

समृद्ध नेपालको परिकल्पनाकार नेकपा (एमाले) : केपी ओली

चुरेकुञ्ज, गुलरिया । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेसँग मात्र सुखी नेपाली समृद्ध नेपालको परिकल्पना भएको बताएका छन् । नेकपा एमाले जिल्ला कमिटि बर्दियाले सदरमुकाम गुलरियामा आयोजना गरेको बृहत अगुवा कार्यकर्ता भेलालाई सम्बोधनगर्दै अध्यक्ष ओलीले एमालेसँगै परिकल्पना साकार पार्ने योजना समेत रहेको बताए ।

समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना साकार पार्न एमालेसँग दृष्टिकोण, चिन्तन, निति, कार्यक्रम रहेकाले एमालेले मात्र साकार पार्न सक्ने दावी गरे । लिम्पियाधुरा, लिपुलेक, कालापानी समावेश गरी नक्सा छाप्न सफल भएको बताए । भारतसँग नेपाली भुमि फिर्ता गर्न बार्ता गरेको, छिमेकीसँग सन्तुलित ढंगले सम्बन्ध बढाएको, अन्र्तर्राष्ट्रिय स्तरमा नेपालको छवि उठाएको हुनाले सबै नेपालीको दृष्टि आशावादी रहेको प्रष्टाए । अगुवा कार्यकर्ता भेलामा जिल्ला भरीका नेता कार्यकर्ताहरु सहभागी थिए ।

https://business.facebook.com/Chuekunja/videos/1556892947986153/

तपाइको मत