fbpx

संविधान दिवसलाई उत्सर्गको रुपमा मनाउनु पर्छ : पूर्व सिंचाई मन्त्री संजय कुमार गौतम

संविधान दिवसलाई उत्सर्गको रुपमा मनाउनु पर्छ : पूर्व सिंचाई मन्त्री संजय कुमार गौतम

चुरेकुञ्ज, गुलरिया । शहिदको त्याग तपस्या र बलीदानीबाट लेखिएको संविधान दिवस उत्सर्गको रुपमा मनाउनु पर्ने पूर्व सिंचाई मन्त्री एवम संघीय सांसद संजयकुमार गौतमले बताएका छन् । शहिद यमलाल लामिछाने स्मृति प्रतिष्ठान बर्दियाले संविधान दिवसको अवसरमा

गुलरियामा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रमुख अतिथी गौतमले संविधानको अपनत्व सवै दलले ग्रहण गर्नुपर्नेमा जोड दिएका छन् ।
राजनितिक दलका नेताहरु परिवर्तनलाई आत्मसातगर्दै सही बाटोमा हिड्न नसकेको उनको आरोप छ । शहिदको बलिदानी विर्सिएर नयाँ नेपाल नबन्नेभन्दै नेताहरुले विगत, बर्तमान र भविष्यको सोच नगरी समृद्धि नआउने उनको भनाई छ । विगतमा सरकारले कस्तो काम गर्यो आम जनताले के भन्दै छन् त्यसलाई आत्मसातगर्दै अघि बढ्नुपर्ने गौतमले प्रष्ट्याए ।

नेपाली कांग्रेस प्रतिपक्षमा रहँदा कम्युनिष्ट बहुमतको सरकारको सफलताको कामना गर्दागर्दै पनी पार्टीले वहुमतलाई स्थायित्व दिन नसक्नु दुर्भाग्य भएको बताए । संविधान राम्रोसँग कार्यान्वय होस् भन्नेमा कांग्रेसको सधै सुभेच्छा हो । पार्टी फुट्ने, टुट्ने र टुक्रा टुक्रा हुने परिपाटीले मुलुकमा अस्थिरता निम्त्याएको प्रमुख अतिथि गौतमको भनाई छ । संसदीय निर्वाचनको ४ बर्ष वितेको र स्थानिय सरकारको काम पनि जनताले अनुभुती गरेकाले जनचाहाना अनुरुप अघि बढ्न उनले सबै दलहरुलाई आग्रह गरे ।

प्रतिष्ठानले आयोजना गरेको शहिद, वेपत्ता परिवार आन्दोलनका घाईतेलाई सम्मान र नेपालको संविधान निर्माणमा योगदान तथा जन अपेक्षा विषयक अन्र्तक्रिया कार्यक्रमको अध्यक्षता भूमिराज लामिछानेले गरेका थिए । कार्यक्रममा लुम्विनी प्रदेस सांसद कुलप्रसाद पोख्रेल, प्रमुख दलहरु, वडा नम्वर २ र ४ का वडा अध्यक्षहरु, नागरिक समाज संजाल, गैरसरकारी संस्था महासंघ, पत्रकार मुकुन्द सुवेदी लगायत स्थानियको सहभागीता रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । कार्यक्रममा शहिद, वेपत्ता परिवार र घाईते गरी ६ जनालाई सम्मान गरिएको छ ।

तपाइको मत