fbpx

सदस्यता विवाद मिलेपछि बर्दियामा कांग्रेस अधिवेशन तातियो

सदस्यता विवाद मिलेपछि बर्दियामा कांग्रेस अधिवेशन तातियो


चुरेकुञ्ज, गुलरिया । नेपाली काँग्रेसको सदस्यता विवाद मिलेपछि बर्दियामा अधिवेशनको चहलपहल बढेको छ । पार्टीका नेता लगायत सक्रिय सदस्यहरु निर्वाचनको छलफलमा जुटेका छन् ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत जिल्लामा निर्वाचन सम्पन्न गर्न जिल्ला कार्य समति बर्दियाको वैठकले केन्द्रिय तालिका अनुसार बर्दियामा निर्वाचन सम्पन्न गर्न केन्द्रबाट गठित जिल्ला निर्वाचन समिति बर्दियालाई अनुरोध गर्ने निर्णय गरेको छ । पार्टीको जिल्ला कार्यसमिति, केन्द्रिय सदस्य, र जिल्ला निर्वाचन अधिकृत सहितको वैठकले निर्णय गरेको हो । जिल्ला भित्रका पार्टीका विभिन्न तहले निर्वाचन प्रकृयामा आवस्यक सहयोग गर्ने निर्णय भएको नेपाली काँग्रेस बर्दियाले जनाएको छ ।

केन्द्रले लोकबहादुर शाहलाई बर्दियाको निर्वाचन अधिकृत तोकेको छ । त्यस्तै नेपाली काँग्रेस जिल्ला कार्य सम्पादन समितिले हालसम्म गरेका निर्णयहरु अनुमोदन गरिएको छ । नेपाली काँग्रेसका नेता स्वर्गिय गणेशमान सिंहप्रति श्रद्धाञ्जली अर्पण गरिएको पार्टीले जनाएको छ । बर्दियामा नेपाली काँग्रेसका १३ हजार ७ सय सक्रिय सदस्य छन् । केन्द्रिय तालिका अनुसार असोज ५ गते वडा, ९ गते नगर, १२ गते प्रदेस १५÷१८ गते संघीय क्षेत्र र कार्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

तपाइको मत