fbpx

मधुवन नगरपालिकामा समानताको प्रदुषणमुक्त अभियान

मधुवन नगरपालिकामा समानताको प्रदुषणमुक्त अभियान


हरि गुरुङ्ग, मधुवन । शनिवार समानता समाज केन्द्र मधुवन बर्दियाको आयोजनामा वडा नम्वर ६ अन्तर्गत बसपार्क देखि सशस्त्र प्रहरी क्याम्प सम्म आफ्नो फोहोर आफै ब्यवस्थापन गरौ स्वच्छ हराभरा प्रदुषण एबम प्लास्टिक रहित नगरपालिका बनाउ भन्ने मुल नाराका साथ सचेतनामुलक सरसफाइ अभियान सप्पन्न गरिएको छ ।

कार्यक्रममा मधुवन नपा बडा नं. ६ को उत्साहजनक उपस्थितिमा जनपद प्रहरी तथा ससस्त्र प्रहरी बलको सक्रिय सहभागीतामा कार्यक्रम सन्चालन भएको हो । केन्द्रका स्वास्थ्य तथा पर्यावरण बिभागका प्रमुख दधिराम पौडेलको संयोजनमा केन्द्रका सम्पुर्ण पदाधिकारी हरुको उत्साहजनक उपस्थिती रहेको थियो ।

केन्द्रका महासचिव केदार प्रसाद सिग्देलले सन्चालन गर्नुभएको कार्यक्रममा कार्यक्रमको लक्ष्य र उद्देश्यको बारेमा केन्द्रका सल्लाहकार संयोजक अधिबक्ता यामलाल भाटले प्रकाश पार्नु भएको थियो । केन्द्रका अध्यक्ष टंक प्रसाद न्यौपानेले कार्यक्रम समापन समारोहमा सहयोगी सबैमा हार्दिक आभार ब्यक्त गर्नु भयो । स्वास्थ तथा पर्यावरण बिभागका संयोजक दधिराम पौडेलले कार्यक्रमको समापन गर्दै सरसफाई सवैको दायित्व भएको वताउनु भयो ।

कार्यक्रममा अभियानमा सहभागीहरुलाइ वडा न ६ ले पिउने पानीको ब्यवस्थापन गरेको वडा अध्यक्ष भक्त बहादुर सुनारको भनाई छ ।
कार्यक्रमको मुख्य सन्देस :

१.आफ्नो फोहोरको आफै ब्यवस्थापन गर्नुपर्ने ।
२.आफ्नो घर अगाडि अनिवार्य फोहर मलाइ राख्नुपर्ने र फोहर मलाइमा नै फोहर जम्मा गर्नुपर्ने ।
३.हप्ताको कम्तिमा दुई पट्क अनिवार्य रुपमा फोहर ब्यवस्थापन गर्ने ट्याक्टर घर दैलोमा पुगि फोहोर मलाइमा राखेको फोहोर उठाउनु पर्ने ।
४.प्लास्टिक जलाएर बाताबरण प्रदुषण गर्ने कार्य तत्काल रोक्नुपर्ने ।
५.प्लास्टिक रहित नगरपालिका बनाउन नगरपालिकाले तत्काल नीति बनाइ सो को अबिलम्ब कार्यान्वयन गर्नुपर्ने ।

तपाइको मत