fbpx

संघको पहलमा गुलरियाका ब्यवसायीलाई करदाता शिक्षा

संघको पहलमा गुलरियाका ब्यवसायीलाई करदाता शिक्षा

चुरेकुञ्ज, गुलरिया । गुलरियाका उद्योगी तथा ब्यवसायीलाई कर सम्वन्धी सचेतना दिईएको छ । उद्योग बाणिज्य संघ गुलरिया बर्दिया तथा करदाता सेवा कार्यालय बर्दियाको संयुक्त आयोजनामा ब्यवसायीलाई अन्र्तक्रिया मार्फत कर सम्वन्धी सचेतना दिईएको हो ।

गुलरियाका ब्यापारीहरुलाई करको दायरामा लैजान अनुरोधगर्दै ब्यवसायीले पालना गर्नुपर्ने कानूनी प्रावधानका विषयमा अन्र्तक्रियात्मक शिक्षा मार्फत सचेतना दिईएको उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । करदाता सेवा कार्यालय गुलरियाका प्रमुख त्रिवेणी तिमिल्सिनाले सहजीकरण गरेको कार्यक्रममा गुलरियाका ५० जना ब्यवसायी सहभागी भएका थिए ।

कार्यक्रममा ब्यवसायीलाई पसलहरुमा म्याद गुज्रिएका उपभोग्य सामाग्रीहरु विक्री वितरण नगरी अलग्गै राख्नुपर्ने, खरिद विक्री खाताहरु अपडेट गर्नुपर्ने, विल भरपाई दुरुस्त राख्नुपर्ने लगायतका विषयहरुमा सचेत पारिएको अध्यक्ष पाण्डेले बताए । ब्यवसायीहरुले पसलहरुमा सामानको मुल्य सूचि उपभोक्ताले देखिने गरी राख्नुपर्ने लगायतका शिक्षाहरु दिईएको छ ।

पछिल्लो समय जिल्ला प्रशासन कार्यालय, घरेलु, बाणिज्य, खाद्य तथा गुण नियन्त्रण कार्यालयले बजार अनुगमनलाई तिव्रता दिएसँगै ब्यवसायीहरुलाई सचेत पारिएको हो । उद्योग वाणिज्य संघले मधुवन लगायतका स्थानियतहहरुमा पनि करदाता शिक्षा कार्यक्रम संचालन गर्ने जनाएको छ । उद्योग बाणिज्य संघले ब्यवसायीको हितमा राखेको करदाता शिक्षा कार्यक्रम अतिनै उपयोगी रहेको बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्माले बताए ।

तपाइको मत