बर्दियामा बुद्धिचाल संघको कार्यालय खुल्यो : निकट भविष्यमै राष्ट्रिय प्रतियोगिता गराउने तयारी
- शनिबार असोज २ , २०७८
मुरली गोडिया, गुलरिया । बर्दियाको गुलरियामा जिल्ला बुद्धिचाल संघको कार्यालय स्थापना गरिएको छ । संघका अध्यक्ष इश्वर श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा गुलरिया नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष निरज शर्माले कार्यालयको उदघाटन गर्नु भएको हो ।
उद्घाटन पछि बोल्दै प्रमुख अतिथी शर्माले वडामा खेलका लागि जुनसुकै सहयोग गर्नपनि आफू तयार रहेको प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । वडाका वालवालिकाको सर्वांगिण विकासका सवालमा आफू कहिल्यै पछि नपर्ने शर्माको भनाई छ । २०६८ साल देखी जिल्लामा खेल र स्वास्थ्यमा हाम्रो सवाल, बुद्धि विकासका लागी बुद्धिचाल भन्ने मुल नारा बोकी काम गर्दै आएको संघले कार्यलयको उद्घाटन गराएको छ । विगत देखी संघको कार्यलयको स्थायी ठेगाना नहुँदा प्रशिक्षण तथा प्रतियोगीता समय विभिन्न समास्याहरु झेल्नु परेको थियो । प्रतियोगीता आयोजना भएको खण्डमा वा खेलप्रति लगाव राख्ने खेलाडीहरुले सजिलै सम्पर्क गर्न सहज भएको छ । बुद्धिचाल खेलसंग सम्बन्धित हरेक क्रियाकलाप आगामी दिनमा सजह र व्यवस्थीत रुपमा गर्न बढ्ने अपेक्षा गरि गुलरियामा कार्यालय खोलिएको हो ।

विद्यालय उमेर समुह देखी नै यो खेलमा सहभागी तथा प्रशिक्षणका कार्यक्रम गराउँदै आएकाले अगामी बुद्धिचाल खेलको प्रचारप्रसार तथा विस्तार गर्दै लैजाने संघका बर्दिया जिल्ला बुद्धिचाल संघका उपाध्यक्ष सागर चापागाईले जानकारी दिनु भयो । आउँदो यसवर्षको महान चाडपर्वहरु जस्तै दशै, तिहारको अवसरमा संघले राष्ट्रिय स्तरको प्रतियोगीता गराउने योजना समेत बनाएको छ । प्रतियोगीता सफल बनाउन विभिन्न संघसंस्था, व्यक्ति सहित बर्दियाका ८ ओटै स्थानिय तहहरुमा आर्थिक सहयोगका लागी पत्राचार समेत चापागाईले बताउनु भयो ।
जिल्लामा खेलाडीहरुको संख्यामा बृद्धिगराई जिल्लालाई बुद्धिचाल खेलमा छुट्ट पहिचान बनाउनु तथा खेलबाट मानसिक रुपमा तन्दरुस्त बनाउन यस खेलले महत्व पुर्ण भुमिका खेल्ने भएकोले पनि प्रयोगीता गराउन चाहेको आफुहरुको योजना रहेको उहाँले बताउनु भयो । बर्दिया जिल्ला बुद्धिचाल संघकाको कार्यलय उद्ध्घाटन कर्याक्रममा वडा अध्यक्ष निरज शर्माले खेलको लागी वडा बाट सहयोग गर्ने समेत बताउनु भएको छ । स्थानिय तहहरु मार्फत आर्थिक सहयोग उपलब्ध भए जिल्लामा राष्ट्रिय स्तरको प्रतियोगीता गराउने आफुहरुको मुल योजना रहेको उपाध्यक्ष चापागाईको भनाई छ ।