fbpx

बन्यजन्तु धपाउन थापिएको धरापमा परेर तिन जनाको मृत्यु

बन्यजन्तु धपाउन थापिएको धरापमा परेर तिन जनाको मृत्यु


हरिवंश पाण्डे, बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वार्ड नं. ३ गोदानामा जंगली जनावर धपाउने उद्देश्यले छोडिएको नाङ्गो विद्युतिय तारमा करेन्ट लागेर ३ जनाको ज्यान गएको छ । गए राति एक स्थानियले जंगली जनावर बदेलबाट आफ्नो खेतीपाती जोगाउन खेतिबारीमा करेन्ट छाडेका र उनका छिमेकी खेतमा पानी हेर्न जादा करेन्ट करेन्ट लागेर मृत्यु भएको हो ।

करेन्ट लागेका उनलाई बचाउन खोज्दा अन्य दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ठाकुरबाबा नगरपालिका वार्ड नं. ३ गोदानाका वर्ष ३५ का बालकृष्ण थारु, वर्ष ३० की उनकी श्रीमती सुनिता थारु र वर्ष ४५ की उनकी भाउजु बेलमती थारु रहेको जिल्ला प्रहरी कार्यालय गुलरिया बर्दियाले जनाएको छ ।

नाङ्गो विद्युतिय तार छोड्ने स्थानीय ८३ वर्षिय राज बहादुर शाही रहेको र उनलाई प्रहरीले नियन्त्रमा लिएको बर्दिया प्रहरी प्रमुख प्रहरी उपरिक्षक ईश्वर कार्कीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानबाट शाहीले जंगली जनावर बाट धान बाली जोगाउन करेन्ट छोडिएको खुल्न आएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको मत