fbpx

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकलाई खुला

बर्दिया राष्ट्रिय निकुञ्ज पर्यटकलाई खुला

चुरेकुञ्ज, गुलरिया । लामो समयदेखि पर्यटकिय गतिविधि बन्द रहेको बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रवार देखि पर्यटकहरुको लागि खुला गरिएको छ । निकुञ्जले सुचना जारीगर्दै निकुञ्ज खुला भएको जानकारी दिएको छ ।

विश्वब्यापी संक्रमणको रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाईरसको भयावह परिस्थितीभन्दै वैशाक १५ गतेदेखि जिल्लामा पर्यटकिय गतिविधि बन्द थियो । हात्ती सफारी बाहेकका लागि नियमानुसार अनुमति लिई प्रवेश गर्न चाहाने पर्यटकलाई शर्तहरुको परिधि भित्र रही निकुञ्ज प्रवेश खुला गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताए ।

जंगल सफारी, वाक, र्याफ्टिंग, डुंगा विहार, क्याम्पिंग तथा फिसिंग लगायतका गतिविधिको लागि निकुञ्जले तोकेको स्थानमा अनुमति दिईएको छ । निकुञ्जको निर्धारित रुटमा बाक गर्नका लागि १ जना गाईडले ३ जना र २ जना गाईडले १० जना पर्यटकलाई पथप्रर्दशन गर्न सक्ने प्रावधान छ । पर्यटकले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्ड पूर्ण पालनागर्दै अनिवार्य रुपमा मास्क, सेनिटाईजरको प्रयोग गर्नुपर्ने लगायतको शर्तहरु निकुञ्जको छ ।

राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ र नियमावली २०३० तथा बर्दिया राष्ट्रिय निकुञ्ज नियमावली ०५३ को पूर्ण पालनागर्दै बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पर्यटकिय गतिबिधि गर्न प्रवेश अनुमति दिईएको निकुञ्जले जनाएको छ ।

तपाइको मत