भारतबाट नेपाल भित्र्याईएको अवैंध चिनी प्रहरीद्वारा बरामद
- बुधबार भदौ ३० , २०७८
ममता उपाध्याय, गुलरिया । प्रहरीले भारतबाट नेपाल भित्र्याईएको वेवारिसे अवस्थामा अवैंध चिनी बरामद गरेको छ । भारतबाट भन्सार छली चोरी निकासी गरी बेवारिसे राखिएको अवस्थामा गुलरिया नगरपालिका वार्ड नम्वर १ बाट सोमवार चिनी बरामद गरिएको हो ।
प्रहरीले अन्दाजी २१ हजार मुल्य बराबरको ३ क्विन्टल ५० किलोग्राम चिनी बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक हेमबहादुर शाहीले जानकारी दिए । बरामदी चिनी आवस्यक कारवाहीको लागी राजापुर भन्सार कार्यालय गुलरिया, बर्दियामा बुझाईएको बताईएको छ ।