fbpx

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने

साधना लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पुनः न्यौपाने

गोरखा । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपानेलाई निरन्तरता दिइएको छ । वित्तीय संस्थाको सञ्चालक समितिको विहिवार साँझ बसेको बैठकले असोज १ गतेवाट लागु हुनेगरी थप ४ वर्ष (दोश्रो कार्यकाल) का लागि प्रमुख कार्यकारी अधिकृतमा न्यौपानेलाई नियुक्त गरेको हो ।

उनी सहकारीको स्थापना काल देखिनै प्रमुख कार्यकारी अधिकृतको रुपमा पदभार समाल्दै आएका छन् । गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफा वाट शेयर धनीहरुलाई २५ प्रतिशत बोनश शेयर तथा १ दशमलव ३२ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश घोषणा गरेको छ ।

वित्तीय संस्थाले ०७८ श्रावण मसान्त सम्म ४ वटा प्रदेशका ३० जिल्लाहरुमा ७७ शाखा कार्यालय मार्फत् सेवा दिदैं आएको जनाएको छ ।

तपाइको मत