वोन क्यान्सर पिडित लिलामतीलाई सहयोग गर्न अपिल
- सोमबार भदौ २८ , २०७८
चुरेकुञ्ज, गुलरिया । गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी लिलामती विश्वकर्मा वोन क्यान्सरले पिडित छिन् । ४ बर्षदेखि ढाडको क्यान्सरसँग लड्दै आएकी उनी कसैको सहयोग पाए बाच्ने आशामा छिन् । लामो समयदेखि उपचारमा खर्च पुर्याउन नसक्दा विपन्न दलित परिवार समस्यामा परेको छ ।
श्रीमतीको उपचारका लागि नेपालगञ्जदेखि भरतपुर सम्म पुर्याए । अहिले सम्म २२ लाख रुपैया भन्दा बढी खर्च भैसक्यो । डाक्टरले अप्रेशन गरेपछि निको हुने आस्वासन दिनु भएको छ । कसैले सहयोग गरे श्रीमतीलाई बचाउने ठूलो ईच्छा छ । लिलामतीका श्रीमान भिमलाल विश्वकर्माले भने । भरतपुरका डाक्टरले ११ लाख खर्च लाग्ने बताएपछि विश्वकर्मा श्रीमतीको प्राण जोगाउन सहयोग जुटाउन लागेका छन् । डाक्टरले बाच्छ भनेकाले मिडिया मार्फत सबैसँग सहयोगको अनुरोध गरेको हुँ ।
विश्वकर्माका दुई नालबाट ९ सन्तान छन् । लिलामतीका २ छोरी र २ छोरा छन् १ छोरा अपांग छन् । विपन्न भएका कारण दलित परिवारले बेदना भोग्नु परेको छ । अझ परिवारमा श्रीमती दीर्घ रोगी भएकाले भिमलाल मर्कामा परेका छन् । उनले थपे घरखर्च चलाउन मुस्किल भैरहेका बेला श्रीमती विरामी परेपछि कहिले काही त भक्कानो छुटेर आउँछ । सहयोगी मनहरुलाई सहयोग गर्न उनले आग्रह गरे ।
प्रभु वैंक गुलरिया शाखामा रहेको खाता नम्वर ००८०१८१६८२६०००११ मा सक्दो सहयोग गरिदिन भिमलाल विश्वकर्माले सबैलाई अनुरोध गरे । सहयोगी मनहरुलाई खुला दिलले सहयोग गरी मृत्युको मुखमा पुगेकी श्रीमतीलाई बचाईदिन उनले सबैलाई हार्दिक अनुरोध गरेका छन् ।