fbpx

गिद्ध संरक्षणमा एकजुट हुन आग्रह, लोपहुँदा चिन्ता थपियो

गिद्ध संरक्षणमा एकजुट हुन आग्रह, लोपहुँदा चिन्ता थपियो


हरिवंश पाण्डे, बर्दिया । बर्दिया जिल्लाको राजापुर नगरपालिका वार्ड नं. ८ ललितपुरमा मंगलबार एक बृहत कार्यक्रमका विच अन्तराष्ट्रिय गिद्ध दिवस मनाईएको छ । राजापुर नगरपालिका स्थित भेरी माध्यामिक विद्यालयको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको हो ।

पंक्षी संरक्षण नेपाल र राष्ट्रिय प्रकृती संरक्षण कोष बर्दिया संरक्षण कार्यक्रमको आर्थिक सहयोगमा विभिन्न सरोकालवालाहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष सेप्टम्बर ७ तारिखका दिन अन्तराष्ट्रिय गिद्ध दिवस मनाउने गरिन्छ । सोहि अनुसार यस बर्ष पनि बर्दियाको राजापुरमा यो दिवस मनाइएको बर्दिया प्रकृति संरक्षण क्लबका सचिब रामजान चौधरीले बताउनु भएको छ । बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि राजापुर नगरपालिका वार्ड नं. ८ का वडा अध्यक्षले गर्नु भएको छ ।

कार्यक्रममा बोल्दै बर्दिया प्रकृति संरक्षण क्लबका अध्यक्ष राम बहादुर शाहिले गिद्धहरु प्रकृतिका शक्तिशालि र मेहेनती प्राणिको रुपमा चिनिने पंक्षि भएको बताउनु भयो । प्रकृतिलाई सिनो रहित राख्ने हुनाले गिद्धहरु प्रकृतिको कुचिकार मानिन्छन् । हाल गिद्धहरु क्रमिक रुपमा लोप हुदै गएकोमा यसको संरक्षणमा सबै एकजुट भएर लाग्न शाहीले अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै सचिब रामजान चौधरीले मानवहरुले आफ्नो लाभको लागि किसानहरुले आफ्नो पशुहरुको उपचारको क्रममा प्रयोग गरिने औषधि डाईक्लोफेनेकका कारण गिद्धहरुको अस्तित्व संकटमा परेको बताउनु भयो ।

सयौ वर्ष पहिले भारत, नेपाल, पाकिस्थान र भुटानमा ५ लाख बढि संख्यामा रहेको गिद्ध अहिले सन २००० सम्म करिब ३२ सयको हाराहारीमा मात्र गिद्धहरु रहेको चौधरी बताउनु हुन्छ । प्रकुृतिमा गिद्धको निकै आवश्यकता रहेको र गिद्ध विना पारिस्थित प्रणाली अपुर्ण रहने चौधरीको भनाई छ । गिद्धको विनासका कारण पशु चिकित्सक, डाइक्लोफेनाक सोडियम र मेलोक्सीयम औषधि प्रयोग गर्ने किसानहरु रहेता पनि त्यसको जिम्मेवार हामि सबै रहेको चौधरी बताउनु हुन्छ । कार्यक्रममा विशेषत गिद्धको विगत र वर्तमान अवस्था र संरक्षणका उपायबारे छलफल समेत गर्रिएको बर्दिया प्रकृति संरक्षण क्लबका सचिब तथा बरिष्ठ प्रकृति पथ प्रर्दशक रामजान चौधरीले जानकारी गराउनु भयो । गिद्ध लोप हुन थालेपछि संरक्षणकर्मीहरु चिन्तित भएका छन् ।

तपाइको मत