fbpx

ट्रयाक्टर सहित भारत लैजाने क्रममा अवैध केराउ बरामद

ट्रयाक्टर सहित भारत लैजाने क्रममा अवैध केराउ बरामद

हरिवंश पाण्डे, बर्दिया । मधुवन नगरपालिका सानोश्रीबाट अवैध रुपमा भारततर्फ केराउ तस्कर गरेको आरोपमा प्रहरीले ट्रयाक्टर सहित केराउ नियन्त्रणमा लिएको छ । मधुवन नगरपालिका वार्ड नबर ५ बढगाउबाट सोही नगरपालिका वडा नम्वर ७ बस्ने वर्ष २० का रामकुमार चौधरीले चलाएको भे १ त ९६५५ नम्बरको ट्याकटरमा लोड गरी चोरी निकासी गरी भारत तर्फ लैजाँदै गर्दा उक्त सामाग्रीहरु नियन्त्रणमा लिएको हो ।

सुरक्षाकर्मीले करिब रु २ लाख ७६ हजार ५०० बराबरको ३९ क्विन्टल ३० किलोग्राम केराउ एकठाउँबाट अर्को ठाउँमा जम्मा गरी राखिएको करिब रु १ लाख ५४ हजार बराबरको २२ क्विन्टल गरी जम्मा ४ लाख ३० हजार ५०० बराबरको ६१ क्विन्टल ३० किलोग्राम केराउ बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

नियन्त्रणमा लिएको मालसामान सहित ट्याक्टर चालकलाई आवश्यक कारबाही र अनुसन्धानका लागि राजापुर भन्सार कार्यालय बर्दिया पठाएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाइको मत