fbpx

बर्दियाको राजापुरमा शहरी स्वास्थ्य केन्द्रको समुद्घाटन

बर्दियाको राजापुरमा शहरी स्वास्थ्य केन्द्रको समुद्घाटन

मिन अधिकारी, राजापुर । बर्दिया जिल्लाको राजापुर नगरपालिका वडा नम्बर ५ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ । पुर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले एक कार्यक्रमका विच शहरी स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन् ।

स्थानीय नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउने उदेश्यले संघीय सरकारको करिब साढे ६३ लाख रुपैयाको लागतमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको बताईएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद सन्तकुमार थारुले शहरी स्वास्थ्य केन्द्रको स्थापना भएपछि जनताको अनुहारमा खुसि छाएको अनुभुति गरिरहेको बताए । जनयुद्ध र संविधानसभाले बनाएको संविधानले खुसि र बिकासको अनुभुति दिईरहेको उनले स्मरण गराए । समाजबादी ब्यबस्थाको कल्पना गरेर संविधान बनाएका छौँ, ।

ब्यबस्था टिकाउनका लागि हामी सबैजना सचेत हुन आवश्यक रहेको बताए । अर्को प्रसंगमा सांसद थारुले प्रत्यक्ष कार्यकारी निर्वाचित राष्ट्रपतिको ब्यबस्थाका लागि सबै जनताले आवाज उठाउनु पर्ने आवश्यक रहेको बताए । कार्यक्रममा दोस्रो सविधानसभा सदस्य मानबहादुर थारुले विकासका लागि भौतिक संरचना संगै सामाजिक बिकास गर्न पर्ने आवश्यकता रहेको बताएका छन् । राजापुरमा भौतिक संरचनासंगै सेवाको सदुपयोग तथा सेवा लिन नसकिरहेको प्रष्ट्याए । हामीले बजेट कति पायौँ भन्दा पनि सेवा र अधिकार कति पायौँ तथा लिनसक्यौँ भन्ने मुख्य कुरा रहेको उनको भनाई छ ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दीपेश थारुले त्रिवेनीबजार क्षेत्रका जनता आफ्नो वडाको स्वास्थ्य संस्थामा भन्दा अर्को पालिकामा जानु पर्ने अवस्था टरेको बताए । शहरी स्वास्थ्य केन्द्रको स्थापना गरेपछि निकै सहज भएको बताउँदै सडक संजाल र पुल कल्भर्टहरु प्रसस्त मात्रामा निर्माण भईरहेको जानकारी दिए । संघीयतामा देश गएपछि विकासमा तिब्रता आएको छ । अहिले सबैसेवाहरु घर नजिकै आएको छ । अब हामीले सामाजिक बिकास गर्न आवश्यक रहेको उनले औल्याए ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारूले राजापुर नगर पालिकाबासीलाई स्वास्थ्य सेवा सहज पहुच पुर्याउने कार्यलाई जोड दिएको बताए । स्थानीय तहमा जनप्रतिनिधिको रुपमा आएदेखि स्वास्थ्य सेवाको क्षेत्रलाई प्रथमिकतामा राखेर काम गरिरहेको जानकारी उनले दिए । राजापुरको सबै वडामा स्वस्थ्य सेवा पुर्याउन स्वास्थ्य संस्थाको स्तरउन्नति गरेको बताए ।

कार्यक्रममा राजापुर नगरपालिकाका नगर उपप्रमुख मनकला कुमारी चौधरी, स्वस्थ्यकर्मी, बरघर, महिला स्वास्थ्य स्वयमसेविका लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम राजापुर नगरपालिकाका वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर थारुको सभापतित्वमा भएको थियो । स्थानीय नागरिकहरुको स्वास्थ्य सेवामा पहुच पुर्याउने उदेश्यले संघीय सरकारको करिब साढे ६३ लाखको लागतमा शहरी स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ ।

तपाइको मत