fbpx

राजापुरको किसान माविमा अटोमेटिक पानी फिल्टर

राजापुरको किसान माविमा अटोमेटिक पानी फिल्टर

विष्णु अधिकारी, बर्दिया । राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको किसान माध्यमिक विद्यालयमा तातो चिसो र नर्मल पानि आउने फिल्टर जडान भएको छ । राजापुर नगरपालिकाको आर्थिक तथा प्रबिधिक सहयोगमा बहुक्षेत्रीय पोषण योजना अन्तरगत ८ लाखको लागतमा विद्यार्थीहरुका लागि शुद्ध प्रशोधित पिउने पानीका लागि ठुलो फिल्टर संचालनमा ल्याईएको छ ।

निर्माण सम्पन्न अटोमेटिक कुलिङ्ग सिस्टम पानी फिल्टरको प्रतिनिधिसभा सदस्य सन्तकुमार थारुले उद्घाटन गरेका छन् । कार्यक्रमका प्रमुख अतिथि तथा संघीय सांसद थारुले स्वच्छ पानी हाम्रो जीवनका लागि नभई नहुने आवश्यक चिज भएको बताए । विद्यालयमा बालबालिकाका लागि स्वच्छ पिउने पानी उपलब्ध गराउन नपुग बजेट संघिय सरकारवाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे ।

सासंद थारुले विद्यालय भविष्यका देशको कर्णधार उत्पादन गर्ने क्षेत्र भएकाले विद्यालयको भौतिक सुधार गर्न आवश्यक रहेको बताएका छन् । तातो चिसो पानी आउने फिल्टर उद्घाटन समारोहमा पुर्वमन्त्री थारुले विद्यालयका लागि वाल तथा गेट यसै कार्यकालमा सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य दीपेश थारुले पानिले ९० प्रतिशत रोग लाग्ने भएकाले अन्य विकासका योजनासंगै पानी सुद्धिकरणका लागि पनि बजेट बिनियोजन गर्ने बताएका छन् । थारुले विद्यालयमा भौतिक विकास सँगै शैक्षिक तथा सामाजिक विकासको पाटोलाई संगै लिएर हिड्ने लुम्बिनी प्रदशेको यस वर्ष शैक्षिक सुधार कार्यक्रम रहेको जानकारी दिएका छन् ।

प्रदेश सदस्य थारुले शिक्षक तथा अभिभावकहरुलाई शिक्षामा गुणस्तर ल्याउन सबै पक्षको हातेमालो गर्न जरुरी रहेको जोड दिए । कार्यक्रममा राजापुर नगरपालिकाका नगरप्रमुख शिवप्रसाद थारूले पुर्णसरसफाई उन्मुख पालिका बनाउनका लागि यस विद्यालयबाट शुद्धपिउने पानीको लागि फिल्टर निर्माण गरिएको बताए । अब क्रमशः सबै विद्यालयमा निर्माण गर्ने योजनामा नगरपालिका रहेको प्रष्ट्याए ।

विद्यालय भवन समुद्घाटन

राजापुर नगरपालिका वडा नम्बर ५ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालय बदालपुरमा संघिय सासंद सन्त कुमार थारुले नव निर्मित ६ कोठे भवनको समुद्घाटन गरेका छन् । संघीय सरकारको सर्शत अनुदान अन्तरगत तराई मधेश समृद्धि कार्यक्रम मार्फत उक्त भवन निर्माण गरिएको राजापुर नगरपालिकाका प्रमुख शिव प्रसाद चौधरीले बताएका छन् ।

प्रमुख चौधरीले राजापुर नगरपालिकामा १० कक्षा सम्म पुर्ण निशुल्क र विद्यालयलाई ब्यबस्थापनमा स्तर उन्नतिका साथै शैक्षिक गुणस्तर सुधार तथा मानव स्वास्थ्य लागि चाहिने आधारभुत स्वास्थ्य कार्यक्रमहरू अगाडी बढाएको जानकारी दिए ।

कार्यक्रममा दोस्रो सविधानसभा सदस्य मानबहादुर थारु, राजापुर नगरपालिकाका नगर उपप्रमुख मनकला कुमारी चौधरी, वडा नम्बर ५ का वडाअध्यक्ष रामबहादुर थारु, जनप्रतिनिधी, शिक्षक, अभिभावक, बिद्यार्थी लगाएतको सहभागिता रहेको थियो ।

तपाइको मत