fbpx

जन्मजय तिमिल्सिनाद्वारा राजापुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

जन्मजय तिमिल्सिनाद्वारा राजापुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

मिन अधिकारी, राजापुर । बर्दियाको राजापुर नगरपालिकालाई कोभिड संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । समाजसेवी, नेपाली कांग्रेस महासमिति सदस्य, तरुण दलका पूर्व केन्द्रिय कार्यवाहक अध्यक्ष, संगठन विभागका केन्द्रिय सदस्य जन्मजय तिमिल्सेनाले एक कार्यक्रमका विचमा स्वास्थ्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

राजापुर नगरपालिका भित्रका १० वटै वडाका स्थानीयले कोभिड संक्रमणबाट जोगिन सहजै रुपमा स्वास्थ्य सामग्री पाउन भन्ने उद्देश्यले नगरपालिका मार्फत १० वटै वडाका लागि स्वास्थ्य सामग्री प्रदान गरिएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै तिमिल्सेनाले आफु भौरा क्षेत्रमै जन्मेर हुर्कदै अहिले यहीका अग्रजले समाज सेवा र राजनीतिको आजको अवस्थामा पु¥याएको वताउदै आफुले यस क्षेत्रको विकास र नागरिकहरुको दुःख सुखमा साथ दिने आफ्नो कर्तव्य भएकाले निस्वार्थ रुपले राजनितिक आग्रह पूर्वाग्रह नराखि सबैमा स्वास्थ्य सामग्री पुगोस भनी सेवामा प्रतिवद्ध रहेको वताउनु भयो ।

समाजसेवी कांग्रेस नेता तिमिल्सेनाले माक्स, सेनिटाईजर, अक्सिमिटर, अक्सिजन सिलिन्डर, ग्लब्स, एन ९५ माक्स गरी करिब ५ लाख बराबरको स्वास्थ्य प्रदानगर्दै आफुले फेरीपनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएको छ । स्वास्थ्य सामग्री ग्रहणगर्दै प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले जुन उद्देश्यले नगरपालिकालाई स्वास्थ्य सामग्री उपलब्ध भएको छ त्यसै उद्देश्य अनुरुप स्वास्थ्य शाखामार्फत सबै वडाहरुमा स्वास्थ्य सामग्री पठाईने भन्दै कोभिडको तेस्रो लहर रोक्न अन्य सामग्रीहरुको पनि आवश्यक पर्ने भएकाले आगामी दिनमा पनि सहयोगको अपेक्षा सहित दातालाई धन्यवाद दिनु भएको छ । राजापुर नगरपालिकाको वडा नं. ४ का वडाध्यक्ष रमन कुमार रेग्मी, वडा नं. ७ का मथुरा प्रसाद थारु, वडा नं. ९ का विष्णु प्रसाद थारु, स्वास्थ्य शाखाका प्रमुख गणेश अर्याल, कर्मचारी, पत्रकार लगायतको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो ।

तपाइको मत