आफ्नै अधिकारका बारेमा जानकार छैनन् बालवालिका
- सोमबार भदौ २१ , २०७८
चुरेकुञ्ज, गुलरिया । बालवालिकाहरु आफ्नै अधिकारका बारेमा जान्दैनन । स्वयम् बालअधिकाका बारेमा अन्जान भएपछि आफूहरुको अधिकार हनन हुने गरेको उनीहरुले महशुस गर्न थालेका छन् ।
किशोरी सञ्जाल बर्दियाकी अध्यक्ष दिक्षा गिरीले भनिन् बालअधिकारका बारेमा गाउँ तथा बस्तीहरुका बालवालिकाहरुलाई सचेत पार्नुपर्छ । बालअधिकारका सेवाहरु र कानूनी संरक्षण सम्बन्धी सबलीकरणका लागि समन्वय, वकालत र पैरवी गर्ने स्थानिय, सरकारी निकाय, बालअधिकार समितिसँगको दुई दिने कार्यशालाको समापनमा उनले बालअधिकारका सुस्म कुराहरु बुझ्न पाएकोमा खुशी ब्यक्त गरिन् । बालवालिकासँग सम्वन्धित कार्यक्रमहरु ग्रामिण तहसम्म पुर्याउन पहल गर्नु जरुरी छ । धेरै बालवालिकालाई अधिकारका बारेमा जानकारी नै छैन ।
पालिका मुकामहरुमा केन्द्रित सिमित सहभागीताको कार्यक्रमले समुदायका बालवालिकाहरुमा अधिकारको बारेमा बोध हुँदैन । गिरीले थपिन् वडा स्तरका वाल क्लवहरुलाई सक्रियपार्दै उनीहरु मार्फत टोलटोलका बालवालिकाहरुलाई उनका अधिकारका बारेमा ज्ञात गराउनु पर्छ । कोठा भित्र एकै ठाउँमा गरेर मात्र कार्यक्रम फलदायी हुँदैन । बालबालिकालाई उनका अधिकारको बारेमा जानकारी गराउनु अपरिहार्य छ उनले भनिन् । बालअधिकारका थुप्रै कार्यक्रम बालवालिकाका दैलो सम्म पुर्याउन सक्नुपर्छ ।
प्लान इन्टरनेशनलको सहयोग गुलरिया नगरपालिकाको समन्वय र बाँके युनेस्को क्लवको सहकार्यमा गुलरियामा बालविवाह चाँडै हुने विवाह र जबरजस्ती गरिने विवाह रोकथाम परियोजना अन्र्तगत गुलरिया नगरपालिका अन्र्तगतका विभिन्न वडाहरुमा वालक्लवहरु गठनगर्दै सचेतनात्मक कार्यक्रमहरुगर्दै आएको गुलरिया नगरपालिकाकी उपप्रमुख तथा नगरस्तरिय बालअधिकार संजालकी संयोजक सुशिला गिरीले बताईन् । हामीले बालक्लव गठन गरी सबै वडाहरुमा बालअधिकार सम्वन्धी कार्यक्रम शुरु गरेका छौं ।
गठनपछि वडाहरुमा बालक्लवहरु सक्रिय भएको उनको भनाई छ । हामीले बालवालिका र अभिभावकले गर्न हुने, नहुने, बालवालिका तथा किशोरकिशोरीहरु विरुद्ध हुने हिंसा, बालयौन र्दुब्यवहार, आत्महत्या लगायतका विषयहरुमा बालवालिका, किशोरीहरुलाई अभिमुख गरी शसक्त बनाएका छौं । गिरीले थपिन् अव टोलटोलका बालवालिकालाई अधिकारका बारेमा सचेत पार्छौ । जसका लागि विभिन्न वडाहरुमा सचेतना र्याली निकालेका छौं । हामीले नगर स्तरिय बजेटबाट पनि बालवालिकाका विभिन्न सवालमा सम्वोधन गर्ने प्रयासमा हामी छौं । बालबालिका भविष्यका कर्णधार भएकाले यिनिहरुको अधिकारको रक्षागर्नु नगरको दायित्व हो गिरीले भनिन् । जसका लागि हामी सधै सम्वेदनशिल छौं ।