fbpx

जिल्लाकै जेठो बर्दिया अस्पतालमा दरबन्दी अभाव

जिल्लाकै जेठो बर्दिया अस्पतालमा दरबन्दी अभाव

यादव आचार्य, गुलरिया । बर्दिया अस्पतालबाट वहिरंग, अंतरंग, आकस्मिक, मातृशिसु, शल्य चिकित्सा, जेष्ठ नागरिक उपचार लगायतका एक दर्जन स्वास्थ्य सेवा उपलब्ध छ । तर अस्पतालसँग जनशक्ति अभाव छ । आवस्यक जनशक्ति अभावमा अस्पताललाई आशातित सेवा प्रवाहमा कठिनाई झेल्नु परेको छ ।

जिल्लाको साढे ४ लाख जनसंख्यालाई १० जना दक्ष चिकित्सक सहित २ सय १५ जना कर्मचारी आवस्यकता पर्छ । तर जिल्लाकै जेठो अस्पतालमा ३ जना चिकित्सक सहित १ सय ८ जना कर्मचारीको भरमा सेवा प्रवाह भैरहेको छ । बर्दिया अस्पतालका प्रमुख डाक्टर सुभाष पाण्डेयले भने बर्दिया अस्पतालमा ५० प्रतिशत दरवन्दी रिक्त छ । दरवन्दी अभावका कारण सम्पूर्ण सेवा प्रभाव गर्न कठिन छ । प्रविधि र प्राविधिक अभावमा अस्पतालमै उपचार पाउन सक्ने विरामीलाई अन्यत्रै रेफर गर्नुपर्ने बाध्यता छ ।

जिल्लामा सिकिस्त विरामीहरुका लागि अक्सिजन सहितको उच्चस्तरिय सेवा (हाई डीपेन्डेन्सी युनिट–एचडीयु) तथा आईसीयू सेवा संचालनका लागि ल्याईएका वेड लगायतका सामाग्रीहरु पूर्वाधार लगायत दक्षजनशक्ति अभावमा थन्किएका छन् । गुणस्तरिय स्वास्थ्य सेवा प्रवाहका लागि स्वास्थ्य सामाग्रीहरु आएपनि भवन लगायत कर्मचारी अभावका कारण संचालनमा आउन सकेका छैनन् ।
अस्पतालमा सिकिस्त विरामीहरुका लागि अक्सिजन सहितको उच्चस्तरिय सेवा संचालन गर्न ल्याईएका वेड, मोनिटर, अक्सिजन लगायतका सामाग्रीहरु भौतिकपूर्वाधार लगायत दक्षजनशक्ति अभावमा कोठामै थन्किएको छ । पाण्डेले उच्च सेवा संचालनका लागि २५ वटा वेड, २५ वटा मोनिटर, २५ वटा अक्सिजन सिलिण्डर लगायत औजार, उपकरण अस्पतालको स्टोरमै थन्किएको बताए ।

अस्पतालमा अक्सिजन प्लान्ट समेत जडान भैसकेको छ । बर्दियाका ८ वटै पालिकाको सहयोगमा शुरु गरिएको भवन निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । यथाशिघ्र एचडीयू सेवा प्रवाहको तयारीमा रहेको अस्पतालसँग दक्षजनशक्तिको धेरै अभाव छ । एचडीयु संचालनका लागि थप ५३ जना जनशक्ति आवस्यक पर्छ । प्रमुख पाण्डेयले थपे उच्च स्तरिय सेवा संचालनका लागि करार ३२ जना स्टाफनर्श, २ जना फिजिसियन सहित ८ जना मेडीकल अफिसर डाक्टर, २ कार्यालय सहयोगी लगायत १ जना ईलेक्ट्रिशियन कर्मचारी प्रदेस सरकार समक्ष माग गरिसकेका छौं अहिले सम्म जनशक्ति आउने कुनै लक्षण देखिदैन ।

अस्पतालबाट लैंगिक हिंसा ब्यवस्थापन, सामाजिक सेवा ईकाई, विमा सेवा संचालनमा छ । हाडजोर्नी, मुटुरोग, नाक,कान, घाँटी, छाला रोग बाहेकका सम्पूर्ण सेवा उपलब्ध गराउँदै आएको छ । अस्पतालका थुप्रै समस्या र अभावहरु छ सम्वन्धित निकायले चाँसो दिए अस्पताल मार्फत प्रभावकारी सेवा दिन हामी तयार छौं प्रमुख पाण्डेयले भने । बर्दिया अस्पताल जिल्लाकै पूरानो अस्पताल भएकाले यसका सेवाहरुलाई समय साक्षेप बनाउन आवस्यक छ । दरवन्दी अभाव भएपनि अस्पतालले गुणस्तरिय सेवा प्रवाह गरेका कारण स्थानियहरु लाभान्वित छन् । धेरै जसो रोगको उपचारका लागि भारतीय शहरहरुमा जानुपर्ने अवस्थाको अन्त्य हुँदैछ ।

तपाइको मत