fbpx

बर्दियाका प्रहरीलाई सुरक्षा विशेष अनुशिक्षण तालिम

बर्दियाका प्रहरीलाई सुरक्षा विशेष अनुशिक्षण तालिम


चुरेकुञ्ज, गुलरिया । प्रहरी हवल्दार, प्रहरी जवान लक्षित घुम्ती प्रशिक्षण कार्यक्रम अन्तर्गतको “सुरक्षा विशेष अनुशिक्षण“ तालिम जिल्ला प्रहरी कार्यालय गुलरियाको बर्दियामा शुक्रवार सम्पन्न भएको छ । आईतवार देखि शुरु गरिएको तालिम प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीको आतिथ्यतामा समापन गरिएको हो ।

अनुशिक्षण तालिममा जिल्ला प्रहरी कार्यालय बर्दिया तथा मातहत समेतमा कार्यरत ७ जना प्रहरी हवल्दार तथा २८ जना प्रहरी जवान गरी ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरिक्षक गोपाल पौडेलले बताए । कार्यक्रम समापनगर्दै प्रहरी नायव उपरीक्षक हेम बहादुर शाहीले तालिम प्राप्त प्रहरी कर्मचारीहरुलाई प्रमाण पत्र प्रदान गर्नुका साथै तालिममा सिकेका कुराहरु व्यवसायिक जिवनमा लागु गर्न प्रेरित गरेको उनले प्रष्ट्याए । ६ दिने कार्यक्रमका सहभागीहरुलाई डीएसपी शाहीले शुभकामनासँगै बधाई दिएका छन् ।

तपाइको मत