fbpx

तिमिल्सिनाद्वारा गुलरिया नपालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

तिमिल्सिनाद्वारा गुलरिया नपालाई स्वास्थ्य सामाग्री हस्तान्तरण

विष्णु अधिकारी, गुलरिया । गुलरिया नगरपालिकालाई ५ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । स्वास्थ्य सेवा विभागको सहयोग तथा नेपाली काँग्रेस महासमिति सदस्य जन्मजय तिमिल्सेनाको समन्वयमा कोभिड महामारी न्यूनिकरणमा प्रयोग गरिने स्वास्थ्य सामाग्री उपलब्ध गराईएको छ ।

कोभिड–१९ संक्रमणको जोखिमलाई न्यूनिकरणका साथै रोकथामका लागि गुलरिया नगरपालिकालाई सामाग्री उपलब्ध गराएका छौं । तरुण दलका पूर्व केन्द्रिय कार्यवाहक अध्यक्ष समेत रहेका तिमिल्सेनाले मानवीय सहायताका लागि विपतको अवस्थामा स्वास्थ्य सामाग्री उपलब्ध गराएको बताए । गुलरिया नगरपालिकाका नगरप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृत प्रकाश देवकोटाले संयुक्त रुपमा सामाग्री ग्रहण गरेका हुन् ।

गुलरिया नगरपालिका मधेशी बस्ती हुनुका साथै कमजोर आर्थिक अवस्था भएका मानिसहरु बसोबास गर्ने भएकाले आफुले स्वास्थ्य सामाग्री दिएको बताएका हुन् । गुलरिया नगरपालिकालाई १० हजार थान मास्क, १ हजार थान एन ९५ मास्क, २०० पिस फेससिल्ड, ५० लिटर सेनिटाईजर एक कार्यक्रमका विच हस्तान्तरण गरिएको छ । नेता तिमिल्सेनाले गुलरिया नगरपालिकालाई आफुले आगामी दिनमा थप सहयोग बढाउदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।

स्वास्थ्य सामाग्री ग्रहण गर्दै गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादवले गुलरिया नगरपालिकाले राजनितिक व्यक्तित्वबाट आफुले प्रत्यक्ष रुपमा सहयोग पाएकोमा खुशी ब्यक्त गरे । गुलरिया नगरपालिकालाई आफै उपस्थित भएर राजनैतिक व्यक्तित्वले अतुलनिय सहयोग गरेकोमा नगरप्रमुखले धन्यवाद समेत दिएका छन् । नागरिकहरु महामारीको चपेटामा परेको बेलामा गरेको सहयोग तथा सेवाको उच्च कदर गर्दै आफु जनभावना अनुसार संक्रमण नियन्त्रण र सेवाको व्यवस्थापनमा लाग्ने नगरप्रमुख यादवको प्रतिवद्धता छ ।

तपाइको मत